स्विडेनलाई शीर्ष स्थानको मौका

काठमाडौं । युरो २०२० मा समूह ईअन्तर्गत स्विडेनले आज साँझ ६:४५ मा स्लोभाकियासँग खेल्दैछ । पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको स्विडेन स्लोभाकियालाई पराजित गर्दै ४ अंकसहित शीर्ष स्थानमा पुग्ने ध्याउन्नमा हुनेछ ।

स्लोभाकिया भने पोल्यान्डलाई रोमाञ्चक रुपमा २-१ ले पराजित गरेको थियो । त्यसैले लगातार दोस्रो खेलमा जित निकाल्दै समूह ईबाट नकआउट पुग्ने पहिलो टीम बन्न चाहन्छ ।

मुख्य प्रतियोगितामा स्विडेन र स्लोभाकिया पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । पछिल्लो पटक २०१८ को अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा १-१ गोलको बराबरी भएको थियो । स्विडेनले स्पेनसँग गोलरहित बराबरी खेल्नुअघिका ५ खेलमा लगातार जित निकालेको थियो ।

स्विडेनले मुख्य प्रतियोगितामा समूह चरणको दोस्रो खेलका पछिल्ला ४ खेलमा पराजित भएको छ । भलै स्पेन, इंग्ल्यान्ड, इटाली र जर्मनीसँग उसले मुख्य प्रतियोगिताको समूहको दोस्रो खेल खेलेको थियो ।

त्यसो त स्लोभाकिया पनि जुन २०१६ पछि सर्वाधिक लामो अपराजित यात्रामा छ । उसले पछिल्ला ६ खेलमा हार भोगेको छैन । त्यसैले यी दुईबीचको खेल रोमाञ्चक हुने आकलन गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *