जित्नैपर्ने दबाबमा क्रोएसिया

काठमाडौं । युरो २०२० मा अघिल्लो चरणको आश कायम राख्नपनि विश्व उपविजेता क्रोएसियालाई आज जित जरूरी छ । १ खेलमा जित निकालिसकेको चेक रिपब्लिक विरुद्ध जित निकाल्दै अघिल्लो चरण पुग्नु क्रोएसियाको मुख्य लक्ष्य हुने छ ।

पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसिया तथा चेक रिपब्लिकले स्कटल्यान्डलाई हराएकाले दुवै टीम लगातार दोस्रो जित निकाल्दै नकआउटको प्रतिक्षामा छन् । तर विश्वकपको साविक उपविजेता क्रोएसिया चेकलाई पराजित गर्दै प्रतियोगितामा रहिरहन चाहन्छ । चेक र क्रोएसियाको खेल राती ९:४५ मा हुनेछ ।

त्यसो त इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शनका बाबजुत पराजित भएको क्रोएसिया समूहमा अघिल्लो चरणको दाबेदार हो । यदि पराजित भएमा क्रोएसियाले युरोमा १९९६ पछि पहिलो पटक लगातार दुई खेल गुमाउनेछ ।

त्यसो त चेकविरुद्धको यसअघि क्रोएसिया युरोकपमा खेलेका सबै ३ खेलमा जित निकालेको छ । त्यसैले यो पटक पनि हावी हुने आकलन गर्न सकिन्छ । ती तीन खेलमा क्रोएसियाले १२ गोल गरेको छ ।

समग्र टिमसँग भने क्रोएसियाले पछिल्ला १४ खेलमा ८ खेलमा हार भोगेको छ । उसले १० खेलमा केवल २ जित निकालेको छ । क्रोएसियाले पछिल्ला १० प्रतियोगितामा मुख्य प्रतियोगिताको दोस्रो खेलमा जित निकालेको छ ।

चेकले भने जित निकालेमा मुख्य प्रतियोगितामा लगातार जित निकालेको यो तेस्रो अवसर हुनेछ । पछिल्लो पटक युरोकपमा २००४ मा चेकले लगातार दुई खेलमा जित निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *