२५ वर्षअघि खेलेको स्कटल्यान्डसँग प्रशिक्षकका रुपमा उत्रँदै साउथगेट

काठमाडौं । युरो २०२० मा आज समूह डी मा रहेको इंग्ल्यान्डले घरेलु मैदानमा स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यराति १२:४५ बजे शुरु हुनेछ ।

इंग्ल्यान्ड र स्कटल्यान्ड २५ वर्षपछि मुख्य प्रतियोगितामा वेम्बली मैदानमा प्रतिस्पर्धा गर्न लागेका हुन् । १९९६ मा भएको यी दुई टोलीको उक्त खेलमा इंग्ल्यान्ड २-० ले विजयी भएको थियो । अहिलेका प्रशिक्षक गरेथ साउथगेटले उक्त खेल खेलेका थिए ।

आजको खेलमा इंग्ल्यान्ड स्कटल्यान्डलाई पराजित गरेर लगातार दोस्रो जितसहित नकआउट चरणमा पुग्ने लक्ष्यमा रहँदा स्कटल्यान्ड पहिलो जितको खोजिमा हुनेछ । इंग्ल्यान्डविरुद्धको जितले स्वभाविक रुपमा उसको अघिल्लो चरणको अपेक्षा कायम राख्न सक्नेछ ।

इंग्लिस प्रशिक्षक ग्यारेथ साउथगेट घरेलु मैदानमा लगातार दोस्रो जितसहित इंग्ल्यान्डलाई उपाधि अभियानमा एक कदम अघि बढाउने प्रयासमा हुनेछन् । त्यसो त अघिल्लो खेलमा चेक रिपब्लिकसँग पराजित भएकाले स्कटल्यान्डका लागि जित्नैपर्ने दबाब हुनेछ ।

यो खेलमा मैदानको २५ प्रतिशत अर्थात करिब २२ हजार ५०० दर्शक उपस्थित हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *