राष्ट्रिय वाणिज्य बैंकले ब्याज रकममा १० प्रतिशत छुट दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कोभिड-१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ ।

कोभिडबाट प्रभावित उद्योग व्यवसायको पूनरुत्थानको लागि नेपाल सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विभिन्न नीतीगत सहूलियतका कार्यक्रमहरु ल्याएको र यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले २०७८ जेठ ११ मा परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकहरुलाई प्रोत्साहन स्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

कोरोनाका कारण गरिएको निषधाज्ञाले गर्दा कर्जा ग्राहकहरुको व्यवसायिक कारोबार बन्द रहेको तथा कर्मचारी कामदारहरुको रोजगारी गूमेको कारण नगद प्रवाहमा प्रतिकुल असर परेको जनाएको छ ।

ग्राहकहरुलाई ब्याज रकममा छुट प्रदान गर्दा कर्जा भुक्तानी गर्न सहज हुने तथा व्यवसायको निरन्तरता एवं पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा गरी असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने कोरोनाबाट प्रभावित ग्राहकलाई ब्याज रकमको १० प्रतिशत रकम छुट प्रदान गर्ने निर्णय गरिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *