निषेधाज्ञामा पनि बढ्यो बैंकहरुको व्यवसाय, कुन बैंकको कति ?

काठमाडौं । निषेधाज्ञामा पनि वाणिज्य बैंकहरुको समग्र व्यवसाय बढेको देखिएको छ । जेठ महिनामा बैंकहरुले ३९ खर्ब ९१ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । त्यस्तै, ३६ खर्ब ४६ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो महिनामा बैंकहरुको निक्षेप ०.९० प्रतिशत र कर्जा ०.९९ प्रतिशतले बढेको हो ।

अघिल्लो महिना वैशाखमा वाणिज्य बैंकहरुले ३९ खर्ब ५५ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ खर्ब १० अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यो अवधिमा सबैभन्दा बढी प्रतिशतले कृषि विकास बैंकको निक्षेप बढेको छ । त्यस्तै, कर्जा प्रवाहमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अघि छ । प्रभु र एनआइसी बैंकको कर्जा र निक्षेप घटेको छ । एभरेष्ट, सनराइज, एनएमबी, नेपाल बैंक, नेपाल बैंगलादेश बैंक र लक्ष्मी बैंकको कर्जा प्रवाह घटेको छ ।

जेठ मिहनामा कुन बैंककाे व्यवसाय कति ?

जेठ महिनामा कृषि विकास बैंकको निक्षेप संकलन २.९४ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाह ०.०५ प्रतिशतले बढेर १ अर्ब ४७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप संकलन जेठमा २.७६ प्रतिशतले वृद्धि भई ८७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाह ३.६२ प्रतिशतले बढेर ६७ अर्ब ६ करोड पुगेको छ ।

नेपाल एसबीआइ बैंकको निक्षेप २.५१ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ र कर्जा प्रवाहमा १.४६ प्रतिशतले बढेर १ खर्ब ३ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

नेपाल बंगलादेश बैंकको निक्षेप २.२९ प्रतिशतले बढेर ८१ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाह ०.६५ प्रतिशतले कमी आई ६८ अर्ब ६८ करोड रुपैयाँमा समेटिएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको निक्षेप २.४४ प्रतिशतले बढेर १ खर्ब ७४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाह २.०७ प्रतिशतले बढेर १ खर्ब ७० अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

नबिल बैंकको निक्षेप २.३२ प्रतिशतले बढेर २ खर्ब २१ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । कर्जा २.३९ प्रतिशतले बढेर १ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

सिटिजन्स बैंकको निक्षेप २.२४ प्रतिशतले बढेर १ खर्ब ३१अर्ब २ करोड रुपैयाँ पुगेको छ । कर्जा ०.७५ प्रतिशतले बढेर १ खर्ब १५ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

बैंक अफ काठमाण्डूको निक्षेप २.२१ प्रतिशतले बढेर १ खर्ब ९८ करोड रुपैयाँ पुगेको छ । कर्जा ०.९४ प्रतिशतले बढेर ९८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

सानिमा बैंकको निक्षेपमा २.१६ प्रतिशतले बढेर १ खर्ब ३१ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । कर्जा १.१७ प्रतिशतले बढेर १ खर्ब २२ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

मेगा बैंकको निक्षेप १.९५ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब ४६ करोड पुगेको छ । कर्जा १.१७ प्रतिशतले बढेर १ खर्ब २२ अर्ब १६ करोड पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको निक्षेपमा १.६९ प्रतिशतले बढेर २ खर्ब ५० अर्ब ९ करोड पुगेको छ । कर्जा प्रवाह ०.३८ प्रतिशतले वृद्धि गरी जेठ मसान्तमा १ खर्ब ८६ अर्ब १७ करोड रुपैयाँ पुर्याएको छ ।

प्राइम बैंकको निक्षेप १.४६ प्रतिशतले बढेर १ खर्ब ४६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाह ०.८२ प्रतिशतले बढेर १ खर्ब ३७ अर्ब १५ करोड पुगेको छ ।

कुमारी बैंकको निक्षेपमा १.४४ प्रतिशतले बढेर १ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । कर्जा १.०९ प्रतिशतले बढेर १ खर्ब ३८ अर्ब ६७ करोड पुगेको छ ।

हिमालयन बैंकको निक्षेप ०.९१ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाह १.५५ प्रतिशतले वढेर १ खर्ब ३० अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

सिभिल बैंकको निक्षेप ०.७७ प्रतिशतले बढेर ८८ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाह ०.४६ प्रतिशतले बढेर ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

ग्लोबल आइएमइ बैंकको निक्षेपमा ०.४१ प्रतिशतले बढेर २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाह १.२६ प्रतिशतले बढेर २ खर्ब २४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

लक्ष्मी बैंकको निक्षेप संकलन ०.०४ प्रतिशतले बढेर १ खर्ब १३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाह ०.७३ प्रतिशतले घटेर १ खर्ब ७ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

एनसीसी बैंकको कर्जा प्रवाह १ खर्ब ४७ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाह ०.६६ प्रतिशतले बढेर ९४ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

प्रभु बैंकको निक्षेप संकलन ०.०६ प्रतिशतले घटेर १ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँमा समेटिएको छ । कर्जा प्रवाह ०.०९ प्रतिशतले घटेर १ खर्ब ४२ अर्ब ९४ करोड रुपैयाँमा समेटिएको छ ।

एनआइसी एशिया बैंकको निक्षेपमा ०.१५ प्रतिशतले घटेर ३ खर्ब ३ अर्ब ९० करोड रुपैयाँमा समेटिएको छ । बैंकको कर्जा प्रवाह ०.०६ प्रतिशतले घटेर २ खर्ब ६६ अर्ब ७६ करोड रुपैयाँमा समेटिएको छ ।

एभरेष्ट बैंकको निक्षेपमा ०.९० प्रतिशले घटेर १ खर्ब ५२ अर्ब ४४ करोड रुपैयाँमा समेटिएको छ । कर्जा प्रवाह २.५३ प्रतिशतले बढेर १ खर्ब ३१ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

सनराइज बैंकको निक्षेप संकलन १.०६ प्रतिशले घटेर १ खर्ब ३ अर्ब २२ करोड रुपैयाँमा समेटिएको छ । कर्जा प्रवाह १.५६ प्रतिशतले थपिएर ९९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

एनएमबी बैंकको निक्षेप संकलन १.२८ प्रतिशले घटेर १ खर्ब ५७ अर्ब २ करोड रुपैयाँमा समेटिएको छ । कर्जा प्रवाह १.४६ प्रतिशतले बढेर १ खर्ब ५८ अर्ब ७८ करोड पुगेको छ ।

नेपाल बैंकको निक्षेप २.२३ प्रतिशले घटेर १ खर्ब ५५ अर्ब ७६ करोड रुपैयाँमा समेटिएको छ । कर्जा प्रवाह १.०९ प्रतिशतले थप गरी १ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *