नौ दिनको अस्पताल बसाइपछि घर फर्किए सत्यमोहन जोशी

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी उपचार गराएर घर फर्केका छन् । श्वासप्रश्वास, छातीको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि जोशीलाई ललितपुरको किस्ट अस्पताल भर्ना गरिएको थियो । ९ दिनको उपचार पश्चात् उनी आज शुक्रबार घर फर्केका हुन् ।

जोशीलाई निमोनियाको समेत सङ्क्रमण देखिएकोमा हाल स्वास्थ्यमा सुधार आएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उनी स्वस्थ भएर घर फर्किएको बताएको छ ।

किस्ट अस्पतालले नि:शुल्क उपचार गर्दै आएको जोशीलाई एक सातापछि छाती रोग विशेषज्ञ प्रा.डा. मिलेशजंग सिजापतिले फलो अप परीक्षण गर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *