पत्रकार सम्मेलनका क्रममा खेलाडीले पेय पदार्थको बोतल हटाए कारबाही गर्ने यूईएफएको चेतावनी

काठमाडौं । युरो २०२० मा सहभागी टिमका खेलाडीले पत्रकार सम्मेलनका क्रममा खेलाडी अगाडि राखिएको पेय पदार्थको बोतल हटाए कारबाही गर्ने युरोपियन फुटबल महासंघ (यूईएफए) ले चेतावनी दिएको छ ।

गत सोमबार पोर्चुगल फुटबल टीमका कप्तान क्रिस्टियानो रोनाल्डोले पत्रकार सम्मेलन चलिरहँदा आफू अगाडि टेबलमा राखिएका दुईवटा कोकाकोलाको बोतल हटाएर पानीको बोतल राख्दै पानी पिउनुपर्ने बताएका थिए ।

उनीपछि अन्य खेलाडीले पनि सोही कार्य दोहोर्‍याएका थिए । गत मंगलबार फ्रान्स फुटबल टीमका मिडफिल्डर पाउल पोग्बाले समेत हाइनीकेन बियरको बोतल आफू अगाडिको टेबलबाट हटाएका थिए ।

‘साझेदारी प्रतियोगिताको अभिन्न अंग भएको सबै टिमलाई स्मरण गराउँदै साझेदारीले युरोपको फुटबल विकासलाई सुनिश्चितता गर्छ,’ युरो २०२० को आयोजकले भनेको छ‚ ‘हामी सिधै खेलाडीहरूलाई जरिवाना नगरे पनि सहभागी राष्ट्रिय संघमार्फत भने जरिवाना गर्छौं । ‘

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twenty =