रोकियो टेलिशृंखला ‘जुठे’को प्रसारण  

काठमाडौं । दोस्रो लहरको कोरोना भाइरसका कारण गरिएको निषेधाज्ञाका कारण टेलिश्रृंखला ‘जुठे’को प्रसारण रोकिने भएको छ ।  निषेधाज्ञाको समयमा पनि छायाङ्कन भएका केही भाग प्रसारण भइरहेकोमा अब भने टिम कार्यक्रम रोक्ने अवस्थामा पुगेका छन् ।

छायाङ्कनको माहौल नभएकाले अब अवस्था साम्य नभएसम्म प्रसारण रोकिने टेलिशृंखलाका लेखक, निर्देशक एवं कलाकार मरीचमान श्रेष्ठले बताएका छन् ।

शृङ्खलाको विषयवस्तुलाई लिएर दलित समुदायका केही अभियन्ताले गुनासो समेत गरेका थिए । मरिचमानले आगामी दिनमा ‘जुठे’लाई थप परिष्कृत गरेर लैजाने बताए । कार्यक्रम हिमालय टेलिभिजनबाट बुधवार बेलुकी ८ बजे प्रसारण हुँदै आएको थियो ।

मरीचमान र राजु पौडेलको संयुक्त लेखन तथा निर्देशन रहेको शृङ्खलामा यी दुईका साथ रवि गिरी, बिद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मालगायतका कलाकारको अभिनय छ । सिरियललाई राहुल राई र घनश्याम पोखरेलले छायाङ्कन गर्दै आएका थिए भने रविन भट्टले सम्पादन गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *