एनएमबी बैंकको बचतमा वाणिज्य बैंकहरूमध्येकै सर्वाधिक ब्याज, अनलाइनबाटै खाता खोल्न सकिने

काठमाडौं । हाल साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबी बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरीरहेको छ ।

बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबी बैंकले अहिले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको जनाएको छ ।

जुन वाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्याज हो । बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको जनाएको छ ।

‘हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेको देखिएता पनि एनएमबीले भने स-साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस् भन्ने उद्देश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनएमबी बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *