बलिउड अभिनेत्रीको दोस्रो विवाह : कति सफल कति असफल ?

एजेन्सी । बलिउड अभिनेत्री मिनिशा लाम्बाले २०१५ मा रयान थामसँग विवाह गरेकी थिइन् । तर उनीहरूको विवाह लामो समयसम्म टिकेन । गत वर्ष उनीहरूको सम्बन्ध विच्छेद भयो । एक अन्तर्वार्ताको क्रममा मिनीशाले आफ्नो सम्बन्ध विच्छेद र सम्बन्धको बारेमा खुलेर कुरा गरेकी छन् । साथै उनी हाल एक व्यक्तिसँग सुखद सम्बन्धमा रहेको कुरा बताएकी छन् ।

मिनिशा भन्दाअघि पनि धेरै बलिउड अभिनेत्रीहरूले सम्बन्ध विच्छेद पछी नयाँ जीवन सुरू गरेका छन् । यीमध्ये केही अभिनेत्री दोस्रो विवाह वा सम्बन्धमा खुशी छन् । तर कसैको लागि भने पछिल्लो सम्बन्ध सफल भएन र उनीहरूको सम्बन्ध विच्छेद समेत भएको छ ।

दिया मिर्जा
दिया मिर्जाले यसअघि २०१४ मा साहिल सिङ्घासँग बिहे गरेकी थिइन् । तर २०१९ नै मा पतिबाट अलग हुने निर्णय गरिन् । उनको पहिलो विवाह मात्र ५ वर्ष टिक्यो  । त्यसपश्चात् व्यापारी वैभव रेखी दियाको जीवनमा आए । उनीहरूको हाल एक सन्तान छन् ।

कल्की कोचलिन
कल्की अहिले गाई हर्शबर्गसँग लिभ-इन सम्बन्धमा छिन् । उनी इजरायलका हुन् र क्लासिकल पेन्टिङहरू सिर्जना गर्छन् । कल्की र गाईको छोरी छ छन्, साफो । कल्कीको पहिलो विवाह चलचित्र निर्देशक अनुराग कश्यपसँग भएको थियो । केही वर्षको सम्बन्धपछि २०१५ मा दुवैको सम्बन्ध विच्छेद भयो । दुवैलाई सम्बन्ध विच्छेद पछि पनि धेरै पटकसँगै देखियो । सम्बन्ध विच्छेदपछि पनि दुई एक अर्कालाई सम्मान गर्छन् ।

मलाइका अरोरा
२०१७ मा मलाइका अरोराले अरबाज खानसँग आपसी सहमतिमा सम्बन्ध विच्छेद गरिन् । उनीहरूको १९ वर्ष पुरानो विवाह विच्छेद भएको थियो । विवाह टुक्रिएपछि उनको नाम अभिनेता अर्जुन कपूरसँग जोडिन थाल्यो र दुवैले सम्बन्धमा हुन स्वीकार गरे । करिब ५ वर्ष यताको सम्बन्धमा यी दुई धेरै खुसी छन् ।

श्वेता तिवारी
पूर्व पति राजा चौधरीसँग सम्बन्ध विच्छेद गरेर श्वेता तिवारीले जुलाई १३, २०१३ मा प्रेमी अभिनव कोहलीसँग विवाह गरेकी थिइन् । २००७ मा श्वेताको राजा चौधरीसँग सम्बन्ध विच्छेद भयो र उनीहरूको ९ वर्ष लामो विवाह समाप्त भयो । राजा र श्वेताको एक छोरी पालक छिन् । राजासँगको सम्बन्ध विच्छेदपछि श्वेताले अभिनवसँग विवाह गरिन् । उनीहरुका छोरा रेयान्श जन्मिए तर यी दुई केही वर्ष यता अलग बस्दै आएका छन् । रेयान्सको कस्टडीलाई लिएर हाल यी दुई विवादित बनिरहेका छन् ।

दीपशिखा नागपाल
१९९७ मा दीपशिखाले पहिलो पटक अभिनेता जीत उपेन्द्रसँग विवाह गरिन् । यो दम्पतीका छोरी विधिका र छोरा विहान रहेका छन् । विवाह भएको १० वर्ष पछि २००७ मा उनीहरूको सम्बन्ध विच्छेद भयो । २०१२ मा, दीपशिखाले दोस्रो पटक अभिनेता केशव अरोरासँग विवाह गरिन् । तर ४ वर्ष नबित्दै  यी दुई बिच दूरी आउन थालेको थियो । र, अन्ततः उनीहरूले सम्बन्ध विच्छेद गर्ने निर्णय गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *