गरिबी र संघर्षले खारिएका लुकाकु

अन्तराष्ट्रिय फुटबल महासंघ फिफाको वरीयतामा शीर्ष स्थानमा रहेको टिम हो बेल्जियम । र बेल्जियमका सर्वाधिकगोलकर्ता खेलाडी हुन् रोमेलु लुकाकु ।

फुटबल प्रेमीको नजरमा लुकाकु पृय खेलाडी छन् । तर उनको जीवनका सुरूवाती दिन गरिबी र संघर्षको पर्याय थिए । उनले पाउरोटीको भरमा बाल्यकालका सयौं रात कटाएका छन् । एकदिनको घटना सम्झदै लुकाकु भन्छन ‘आमा फ्रिजको अगाडि दुधको बट्टा लिएर उभिनुभएको थियो । आमा दुधमा केही मिसाएर हल्लाइरहनु भएको थियो। त्यसपछि उहाँले मेरो लागि खाजा ल्याइदिनु भयो । सबैकुरा ठीकठाक रहेको झैँ गरेर मुस्कुराउनु भयो तर मैले बुझिहालेँ ।’

यसले उनलाई सारै नराम्रो लाग्यो । उनले आँखै अगाडि आफ्नो गरिबी देखे जतिबेला उनी केवल ६ वर्षका थिए । त्यसो त उनका बुबा पनि व्यावसायिक फुटबलर थिए तर, त्यो खेल जीवनको अन्त्यतिर भएकाले पैसा लगभग सकिएको थियो । त्यसैले थप संघर्ष गर्नु पर्‍यो । घरमा टेलिभिजन थिएन खेल हुने दिन अनुमान गरेर यत्तिकै बस्थे । बिजुली नहुँदा हप्तौ अन्धकारमा बस्नुपर्थ्यो।  नुहाउन जाँदा पानी हुँदैनथ्यो । यस्तै-यस्तै दुखका बिच उनले फुटबललाई भने माया गरिरहे ।

एकदमै संघर्षपूर्ण जिवनबीच उनी अघि बढिरहे। हरेक दिन राम्रो दिनका लागि प्रार्थना गर्नु, सोच्नु, विश्वास गर्नु र केही राम्रो हुन्छ भन्ने आश गर्नु उनको दैनिकी बन्यो। केही गर्छु भन्ने अठोट भने मनमा थियो।

एकदमै संघर्षपूर्ण जिवनबीच उनी अघि बढिरहे । हरेक दिन राम्रो दिनका लागि प्रार्थना गर्नु, सोच्नु, विश्वास गर्नु र केही राम्रो हुन्छ भन्ने आश गर्नु उनको दैनिकी बन्यो। केही गर्छु भन्ने अठोट भने मनमा थियो । एकदिन घर फर्कँदा उनले आमा रोइरहेको देखे । लुकाकु भन्छन्, ‘साँचिकै हृदयविदारक पल थियो त्यो । मैले आमालाई सम्झाउँदै भने, ‘जब म एन्डरलेच्टबाट फुटबल खेल्नेछु र यो अवस्थाबाट हामीले छुटकारा पाउनेछौं ।’

उनी जुन पार्कमा खेल्न जान्थे हरेक खेललाई फाइनल सम्झिएर मेहनत गर्थे । भन्छन्, ‘जब म खेल्छु, धेरै गम्भीर हुन्छु । हरेकपटक बल हान्दा त्यसको बाहिरी पत्र च्यातिओस् भनेर सोच्छु ।’

त्यसैले साथीले बढी उमेरको भनेर शंका समेत गर्थे । ११ वर्षको हुँदा लिइर्से क्लबको युथ टिमबाट खेल्न थालेका लुकाकुलाई राम्रो खेलेकैले साथीका अभिभावकले मैदान जान रोकेका थिए । यो केटो कति वर्षको भयो ? यसको परिचयपत्र खोइ ? यो कहाँबाट आएको हो ? यस्तै यस्तै प्रश्नहरु सोधिन्थ्यो । अश्वेत भएकैले उनलाई कहाँबाट आएको ? भनेर सोधेको जस्तो लाग्थ्यो लुकाकुलाई । बेल्जियमको एन्टव्रेपमा जन्मिएको भएपनि उनलाई अन्य देशको झैँ गर्नेहरु कम थिएनन् ।

१२ वर्षमा नै ३४ खेलमा ७६ गोल गरेका उनले ती सबै गोल बुबाको पुरानो जुत्ता लगाएर संभव बनाएका थिए ।

त्यसो त उनले अप्रत्यक्ष विभेदबारे पछिसम्म बोल्नुपरेको थियो । उनी उक्त समयमा केहि रिसाहा पनि थिए । मान्छेले गर्ने विभेद र टेलिभिजनमा च्याम्पियन्स लिग लगायत खेल हेर्न नपाउँदाको पिडाले उनी केहि सन्काहा भएका थिए । १२ वर्षमा नै ३४ खेलमा ७६ गोल गरेका उनले ती सबै गोल बुबाको पुरानो जुत्ता लगाएर संभव बनाएका थिए । उनको सपना १६ वर्षको भएपछि एन्डरलेच्ट क्लबबाट खेल्ने थियो । जसका लागि उनले कडा मेहनत गरेका थिए ।

सन् २००९, मे २४ मा प्लेअफको फाइनल खेल थियो । एन्डरलेच्ट विरुद्ध स्ट्याडर्ड लिगीबिचको सिजन सुरु हुँदा एन्डरलेच्टको यु-१९ टिमबाट खेलेका उनले यु-१९ को नि बेञ्चमा नै लामो समय विताएका थिए । त्यसैले १६ वर्षमा नै ठुलो टीममा सम्झौता हुनेमा ढुक्क थिएनन् ।

त्यसैले उनले प्रशिक्षकसँग बाजी लगाउँदै भने ‘तपाइँले मलाई खेलाउनुभयो भने म डिसेम्बरभन्दा अघि टिमको लागि २५ गोल गर्छु । प्रशिक्षकले २५ गोल गरेनौँ भने चाहीँ बेञ्चमै हुन्छौ भने । ठीक छ भन्दै मैले बाजि राखेँ ।’ साथमा उनले सँधै केक ख्वाउनुपर्ने सर्त पनि गरे । नोबेम्बरमै उनले २५ गोल गरिसकेका थिए । त्यसपछि उनले एन्डरलेच्टसँग सम्झौता पनि गरे ।

बेल्जियमको लिग चलिरहेको थियो । लिग सकिँदा पनि एन्डरलेच्ट र स्ट्याडर्ड लिगिको अंक बराबरी भयो । त्यसैले उपाधिका लागि दुई लेगको प्लेअफ हुँदै थियो । पहिलो लेगमा घरमा बसेर समर्थकले जसरी नै टीभीमा खेल हेरेका उनलाई दोस्रो लेग सुरु हुनु एक दिनअघि प्रशिक्षकले फोन गरेर बोलाएका थिए ।

अर्को दिन होटलबाट बसमा चढेर रंगशाला जाँदै गर्दा सबै खेलाडी सुट पाइन्टमा थिए । उनी भने भने ट्रयाक सुट लगाएर गइरहेका थिए । त्यो क्षण सम्झँदै उनी भन्छन् ‘बसबाट ओर्लने बित्तिकै टीभी क्यामराहरु मेरो अनुहारमै आइपुगे त्यहाँबाट लकर रुम जान पनि टाढै थियो । तीन मिनेट जति हिँड्दा मेरो फोन आउन थालिसकेको थियो। साथीहरुले मलाई टीभीमा देखेर फोन र म्यासेज गरेका थिए ।’

प्रशिक्षकसँग बाजी लगाउँदै भने ‘तपाइँले मलाई खेलाउनुभयो भने म डिसेम्बरभन्दा अघि टिमको लागि २५ गोल गर्छु । प्रशिक्षकले २५ गोल गरेनौँ भने चाहीँ बेञ्चमै हुन्छौ भने । ठीक छ भन्दै मैले बाजि राखेँ।’ साथमा उनले सँधै केक ख्वाउनुपर्ने सर्त पनि गरे। नोबेम्बरमै उनले २५ गोल गरिसकेका थिए। त्यसपछि उनले एन्डरलेच्टसँग सम्झौता पनि गरे ।

प्रशिक्षकले बोलाएर गएको थाहा नपाएका साथीहरुले किन त्यहाँ गएको भनेर सोधे । लुकाकुले एकजना मिल्ने साथीले बोलाएकोले आएको तर खेल्न दिने नदिने टुंगो भने नभएको बताए । उनले साथीहरुलाई टीभी भने हेर्दै गर्न भने । खेलको ६३ औँ मिनेटमा प्रशिक्षकले उनलाई मैदान छिराए । उनी एन्डरलेच्टको लागि दौडदैँ मैदान प्रवेश गर्दा केवल १६ वर्ष ११ दिनका थिए । फाइनलमा पराजित भएपनि उनका लागि त्यो विशेष दिन रह्यो ।

त्यसपछि उनले करिअरमा पछि फर्कनु परेन । त्यसको अर्को बर्षनै उनी बेल्जियमको राष्ट्रिय टीममा समेत अटाए । २००२ मा ब्राजिलले विश्वकप जितेको टिभिमा हेरेका उनले १२ वर्षपछि आफैं विश्वकप खेल्दै थिए । त्यसयता उनले बेल्जियमका लागि धेरै कुरा गरिसके सर्वाधिक गोलकर्तादेखि बेल्जियमलाई विश्व नम्बर एक टीमसम्म पुर्याए । अहिले युरो २०२० मा उनीसँग सिंगो देशले सर्वाधिक अपेक्षा गरेको छ । यो पटक च्याम्पियन बन्न बेल्जियमले कुनै कसर बाँकी राखेको छैन् । त्यसोत लुकाकु आफैपनि उपाधिका लागि उतिकै भोका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *