युक्रेनले नर्थ म्यासेडोनियालाई हरायो

काठमाडाैँ । युरो कप अन्तर्गत बिहीबारको खेलमा युक्रेन विजयी भएको छ । उसले रोमानियाको बुकारेस्टमा उत्तरी म्यासेडोनियमाथि २-१ को कठिन जित निकालेको हो ।

खेलको २९ औँ मिनेटमा एन्ड्री यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाए । ३४ औँ मिनेटमा रोमन यारेमचुकले टोलीको अग्रता दोब्बर बनाए । ५७ औँ मिनेटमा एजान एलिओस्कीले म्यासेडोनियाका लागि एक गोल फर्काए । उनले आफ्नो पेनाल्टी प्रहारलाई युक्रेनका गोलरक्षकले रोके पनि रिबाउन्ड बललाई पोस्टको दिशा दिएका हुन् ।

८४ औँ मिनेटमा युक्रेनका रुस्लान मालिनोभस्कीले पेनाल्टी अवसरलाई सदुपयोग गर्न सकेनन् । उनको प्रहारलाई म्यासेडोनियाका गोरक्षकले बचाउ गरे ।

जितसँगै युक्रेन २ खेलबाट ३ अंक जोड्दै समूह ‘सी’ को तेस्रो स्थानमा उक्लिएको छ । लगातार दोस्रो पराजय बेहोरेको म्यासेडोनिया समूहको अन्तिम स्थानमा छ । युक्रेन पहिलो खेलमा नेदरल्यान्डसँग ३-२ ले पराजित हँदा म्यासेडोनियाले अष्ट्रियासँगको खेल ३-१ ले गुमाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *