डेनमार्कलाई हराउँदै बेल्जियम नकआउट चरणमा

बेल्जियम युरो २०२० काे नकआउट चरण प्रवेश गरेको छ । विहीबार रातीकाे खेलमा डेनमार्कलाई २-१ ले हराउँदै बेल्जियम अन्तिम १६ मा पुगेको हो ।

१ गाेलले पछि परेको अवस्था उल्टाउँदै टिमलाई जिताउन बेल्जियमका  हाजार्ड र डी ब्रुयनले गाेल गरे ।

कोपनहेगनमा भएको खेलको दाेस्राे मिनैटमै घरेलु टिम डेनमार्कका लागि पाउलसेनले गोल गर्दै अग्रता दिलाएका थिए ।  तर, दाेस्राे हाफमा मैदान प्रवेश गरेका ब्रुयन चम्किदा दोस्रो हाफमा बेल्जियम खेलमा हावी भएको थियाे ।

५५ औं मिनेटमा ब्रुयनको पासमा हाजार्डले गोल गर्दै बेल्जियमलाई १-१ गोलको बराबरीमा फर्काए । ७१ औं मिनेटमा ब्रुयनले  गोल गर्दै बेल्जियमलाई २-१ को जित दिलाए ।

जितसँगै बेल्जियमको २  खेलबाट ६ अंक भएको छ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो ।

डेनमार्कको यो दोस्रो हार हो । डेनमार्क, पहिलो खेलमा फिनल्याण्डसँग १–० ले पराजित भएको थियो । यससँगै उसको अघिल्लाे चरण प्रवेशकाे सम्भावना कमजाेर बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 11 =