फेरि भटौंला भन्दै भावुक भएर बिदा भए रामोस

एजेन्सि ।  स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसलाई क्लबले औपचारिक रुपमा बिदाई गरेको छ। बिहीबार एक कार्यक्रमका बिच क्लबका अध्यक्ष फ्लारेन्टिनो पेरेजले रामोसलाई रियलको ब्याच प्रदान गर्दै बिदाई गरेका हुन् ।

पेरेजले नयाँ सम्झौता हुन नसकेपनि उनका लागि रियल म्याड्रिड घर भएकाले जहिलेपनि स्वागत गर्न तयार रहेको बताए । ‘यो सजिलो दिन होइन,  तपाई विशेष हुनुहुन्छ । तपाईँको खुशीका लागि संधै हामी सकरात्मक छौं’ पेरेजले भने ।

पेरेजले रामोसलाई एक महान योद्धा भन्दै ८ सेप्टेम्वर २००५ लाई कहिल्यै नभुल्ने बताए । जुन दिन रियलले रामोसलाई अनुबन्ध गरेको थियो ।

बिदाईको क्रममा निकै भावुक बनेका रामोसले आँशु थाम्न सकेका थिएनन्। उनले क्लबबाट संधैका लागि विदाइ भन्दा पनि फेरि भेटौंला भनेका थिए।

उनले भने ‘यो समय मेरो जीवनको सबैभन्दा गाह्रो समय हो,  रियल म्याड्रिडलाई बिदाई गर्ने समय आइसकेछ। म मेरो बुवासँग हातेमालो गर्दै यहाँ आइपुगेको थिएँ।’  रामोसले आँशु थाम्दै भने  ‘अहिले चाहेरपनि भावनात्मक नहुन असम्भव भइरहेको छ।’ उनले सान्टियागो बर्नाबेउबाट नै विदाईको चाहाना रहेको भन्दै हृदयमा सँधै म्याड्रिड रहने बताए। उनले रियलमा रहँदा कुल २२ ट्रफि जितेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 12 =