विम्बल्डन र ओलम्पिकबाट नाडालले फिर्ता लिए नाम

विश्व नम्बर तीन राफेल नाडालले यसै महिनाको अन्तबाट सुरू हुने विम्बल्डन टेनिस तथा ओलम्पिक खेलबाट राफेल नाडालले नाम फिर्ता लिने निर्णय गरेका छन् । २० पटकका ग्रान्डसलाम विजेता नाडालले यसअघि फ्रेन्च ओपनमा सेमिफाइनलमा नोभाक जोकोभिचसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका थिए।

नाडालले २००८ र २०१० मा विम्बल्डन टेनिसको उपाधि जितेका थिए । उनले नाम फिर्ता लिनुको कारणबारे भने ‘लामो समय क्ले-कोर्ट सिजनपछि स्वस्थ हुन जरुरी छ।’ उनले यो सहज निर्णय नभएपनि आफ्ना सहकर्मी र शरीरलाई ध्यान दिएर गरिएको राम्रो निर्णय भएको बताए ।

यसअघि रोजर फेडेररले फ्रेन्च ओन बिचमा नै छाडेका थिए । यद्यपि उनले विमबल्डनको तयारीका लागि भन्दै फ्रेन्च ओपन क्वाटरफाइनलबाट छाडेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 17 =