के हुँदैछ मेसीको बार्सिलोना कन्ट्रयाक ?

काठमाडौं । स्पेनिस जाइन्ट बार्सिलोनाका विश्व चर्चित अर्जेन्टिनी स्टार लियोनेल मेसीको यहि महिनाको अन्तमा सम्झौता सकिँदैछ । जसले गर्दा उनी फ्री ट्रान्सफरमा जुनसुकै क्लबमा जान स्वतन्त्र हुनेछन् ।

लामो समयदेखि मेसीसँग सम्झौता नवीकरणको प्रयास भएपनि अझैसम्म पनि सम्झौताको टुंगो नलाग्दा समर्थकहरुले मेसीले बार्सिलोना छोड्न सक्ने आकलन गर्न थालेका छन् । यद्यपि क्लबका अध्यक्ष जोन लापोर्टाले युइएफएको फाइनेनसियल फेयर प्ले रेगुलेसन (एफएफपी) का कारण मेसिसँगको सम्झौतामा समस्या आएको बताए । यद्यपि उनीले मेसी बार्सिलोनामा नै रहन चाहेको र क्लबले जतिसक्दो चाँडो वित्तीय समस्या हल गरेर उनीसँग सम्झौता गर्ने बताए ।

मेसीले भने अहिलेसम्म केहि जानकारी बाहिर ल्याएका छैनन् । तर क्लबमा नयाँ अध्यक्षका रुपमा लापोर्टाको नियुक्तिसँगै उनी बार्सिलोनामा रहने बताइएको छ । मेसिले गतवर्ष नै बार्सिलोना छोड्न चाहेका थिए । तर क्लबमा सम्झौता बाँकी रहेको र क्बले रिलिज नगर्दा उनले कानुनी लडाइँ लड्नुको साटो एक वर्ष क्लबमा नै बस्ने निर्णय गरेका थिए।

के भन्छन् लापोर्टा ?
लापोर्टाले ३३ वर्षीय मेसी बार्सिलोना बस्न राजी भएको र जतिसक्दो चाँडो सम्झौता हुने बताए । उनले भने, ‘मेसी नउक्याम्पमा नै रहेर अघि बढ्न तयार छन् ।

FC Barcelona - La Liga: Laporta: Take the money and run | Marca

उनलाई क्लबमा राख्नका लागि प्रयास जारी छ,’ यद्यपि उनले सम्झौता सहज नभएको भएपनि उनलाई राख्नका लागि क्लबले सक्दो प्रयास गर्ने बताए । साथै उनले मेसीलाई भ्रममा पार्न जरुरी नरहेको बताए । अग्युरोले पनि बार्सिलोनामा कम्तिमा एक वर्षका लागि सम्झौताका लागि मेसीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *