रुख रोप्न सोनाक्षीको आग्रह

एजेन्सी । भारतीय अभिनेत्री सोनाक्षी सिन्हा आजकल मानिसहरूलाई वातावरणको बारेमा सचेत गराउन व्यस्त छिन् । सोनाक्षीले हालसालै आफ्नो बुबा शत्रुघ्न सिन्हा र आमा पुनम सिन्हासँग मिलेर मुम्बईमा बिरुवा रोपेकी थिइन् । जसका केही फोटोहरू सोनाक्षी आफैँले सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

फोटो क्याप्सनमा उनले लेखेकी छन्, ‘अब तपाईँले एउटा, दुई वा तीन वटा रुखहरूलाई पनि सन्तान झैँ अपनाउन सक्नुहुन्छ । चक्रवाती आँधीबेहरीको कारण मुम्बईले २३६३ वटा रूख गुमाएको छ ।

सहायक आयुक्त एमसीजीएम के/पश्चिम वार्ड श्री मोटे र उनीसँगै बीएमसी टोलीलाई यो अद्भुत पहल सुरु गरेकोमा बधाई छ । यो काम सुरु भइसकेको छ, जसअन्तर्गत मानिसहरूले उखेलिएका रूखहरूको पुनः रोप्न गर्न सक्दछन् र अपनाउन पनि ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *