युरोकपमा आज तीन खेल, कुन-कुन टिम भिड्दैछन् ?

काठमाडाैँ । युरो २०२० फुटबलमा आज (बिहीबार) तीन खेल हुँदैछन् । आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनिया खेल्नेछन् । समूह ‘सी’को यो खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

यी दुबै टीम आआफ्नो पहिलो खेलमा पराजित भएका थिए । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३-२ ले तथा नर्थ म्यासेडोनिया अष्ट्रियासँग ३-१ ले पराजित भएका टिम हुन् ।

आजको दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच खेल्नेछन् । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा रुसलाई ३-० ले हराएको बेल्जियम आज लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । बेल्जियम समूहको शीर्ष स्थानमा छ । डेनमार्क भने पहिलो जितको खोजीमा छ । पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग पराजित भएको थियो ।

आजको तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रिया खेल्नेछन् । खेल नेपाली समय अनुसार राति १२:४५ बजेपछि सुरु हुनेछ । समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई र अष्ट्रियाले नर्थ म्यासेडोनियालाई हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *