वेल्सको अघिल्लो चरण पुग्ने सम्भावना बलियो

युरो २०२० अन्तर्गत समुह ए को आफ्नो दोस्रो खेलमा वेल्सले टर्कीलाई २-० ले हराएको छ। जितसँगै वेल्सले २ खेलबाट ४ अंक बनाएको छ। अघिल्लो खेलमा वेल्सले स्विटजरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको थियो।

अजरबैजानको बाकुमा करिब ३० हजार दर्शकमाझ भएको खेलको पहिलो हाफको ४२ औ मिनेटमा बेलको उत्कृष्ट लङ पासलाई आरोन राम्सीले आकर्षक रुपमा गोल गर्दा पहिलो हाफमा वेल्सले अग्रता लिएको थियो ।

दोस्रो हाफमा पनि पुन: बेलकै उत्कृष्ट पासमा रोबर्टसले गोल गरे । कप्तान ग्यारेथ बेलले पेनाल्टिमा गोल गर्न नसकेपनि दुबै गोलमा पास भने उनैले मिलाएका थिए । उनी प्लेयर अफ द म्याच बने ।

६१ औँ मिनेटमा पाएको पेनल्टीमा बेल गोल गर्न चुकेका थिए। टर्कीले पनि गोलका केही राम्रा मौका चुकाएको थियो। पराजयसँगै टर्कीको अघिल्लो चरणको सम्भावना भने कमजोर बनेको छ ।

अब अन्तिम खेलमा वेल्सले इटालीको सामना गर्नेछ भने टर्कीले स्विटजरल्यान्डसँग खेल्ने छ।

आजै १२:४५ मा हुने खेलमा इटालि र स्विटजरल्यान्ड खेल्दैछन् । आजको खेल जिते इटाली जारी प्रतियोगितामा नकआउट चरण पुग्ने पहिलो टीम बन्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *