रसियाको संघर्षपुर्ण जित

युरो २०२० मा रसियाले पहिलो जित आत्मसाथ गरेको छ। बुधबार भएको आफ्नो दोस्रो खेलमा फिनल्यान्डलाई १-० ले पराजित गर्दै रसियाले प्रतियोगितामा पहिलो जित निकाल्यो। पहिलो खेलमा रसिया बेल्जियमसँग ३-० ले पराजित भएको थियो।

पहिलो  हाफको अतिरिक्त समयमा एलेसक्सी मिरानचुकले गरेको एकमात्र गोल नै खेलको निर्णायक भयो । रसियाले २०१२ पछि युरोपियन च्याम्पियनसिपमा पहिलो पटक जित हात पारेको हो ।

फिनल्यान्डले कडा चुनौती दिएको खेलमा सुरूवाती गोल गरेपनि भिएआरले अफसाइडका कारण अमान्य घोषणा गरिदिएको थियो ।

फिनल्यान्डले मुख्य प्रतियोगितामा पहिलो पटक डेनमार्कलाई शनिबार १-० ले पराजित गरेको थियो । त्यसअघिनै मैदानमा ढलेका डेनिस खेलाडी एरिक्सनको अवस्थाले उसको जित छाँयामा परेको थियो।

समुह बि मा रसियाको जितसँगै बेल्जियम, रसिया र फिनल्यान्डको समान ३ अंक भएको छ। डेनमार्क अंक बिहिन छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *