लगातार दोस्रो जित निकाल्दै नकआउटमा पुग्ने धुनमा इटाली

युरो २०२० मा समूह ए मा रहेका चार टीमले आज दोस्रो खेल खेल्दै छन् । इटाली र स्विट्जरल्यान्ड मध्यरात (१२:४५) मा भिड्दा त्यसअघि टर्की र वेल्स (९:४५) मा प्रतिस्पर्धा गर्नेछन् । नेपाली समयअनुसार सर्वाधिक अगाडि (६:४५) मा समुह बि मा रहेका रसिया र फिनल्यान्ड भिड्ने छन् ।

इटालीका म्यानेजर रोबर्टो म्यानसिनिले पहिलो खेलमा टर्कीले इटालीलाई ३-० ले पराजित गरेपछि खेलमा अझ इम्प्रुभ गर्नुपर्ने आवश्यकता देखेका थिए । यदि स्विट्जरल्यान्डलाई रोममा पराजित गरेको खण्डमा जारी युरो २०२० मा पहिलो पटक नकआउटमा स्थान बनाउने टीम इटाली बन्ने छ । इटाली २८ खेलमा अपराजित रहँदै आएकाले स्वीट्जरल्यान्डलाई सहज भने हुने छैन। स्विटजरल्यान्ड भने इटालीलाई पराजित गर्दै अघिल्लो चरण बलियो बनाउने ध्याउनमा हुनेछ ।

तथ्यतथ्याङ्क
इटालीले पछिल्ला नौ खेलसम्म क्लिन सिट कायम राखेको छ । जुन मैदानमा ८७५ मिनेट हो। पछिल्लो पटक नेदरल्यान्डका डोनी भा डे बेकले अक्टोबरमा गोल गरेका थिए । त्यसयता इटालि अपराजित छ ।

Euro squad: Italy names 33-man preliminary squad; uncapped Raspadori earns spot - Sportstar

इटाली लगातार दोस्रो जित हात पारेमा अन्तिम १६ मा स्थान बनाउने छ । जुन पछिल्ला ९ प्रतियोगितामा २००० र २०१६ पछि पहिलो हुनेछ । स्विट्जरल्यान्डले पछिल्ला चार खेलमा बराबरी गरेको छ । कुनै पनि देशले अहिलेसम्म च्याम्पियनसिपमा लगातार ५ खेलमा बराबरी गरेका छैनन् ।

२०१४ यता जारदन साकिरी ५० प्रतिशत स्विटजरल्यान्डका गोलमा प्रत्यक्ष सम्पर्कमा रहेका छन् । उनले कुल ५ गोल गर्दा १६ गोलका लागि एसिस्ट गरेका छन् ।

टर्कीलाई वेल्सविरुद्ध जित्नैपर्ने दबाब
टर्कीको घरेलु मैदानमा हुने खेलमा वेल्सलाई भन्दा बढी दबाब टर्कीलाई हुनेछ । बाकुमा हुने दोस्रो खेलमा एक अंक जोडेको वेल्स अघिल्लो चरण बलियो बनाउन जितका लागि मैदान उत्रंदा अंक विहिन रहेको टर्की तीन अंक जोड्दै अघिल्लो चरणको रेसमा कायम रहन चाहान्छ ।

बाकुको ओलम्पिक स्टेडियममा दुवैतर्फ गरी करिब ३० हजार दर्शक आउने आकलन गरिएको छ । वेल्सका कप्तान ग्यारेथ बेलले अवे मैदानमा दर्शकको दुर्व्यवहार हुने भएकाले उनीहरुलाई चुप गराउनु चुनौती हुने बताए । यद्यपि उनले जस्तोसुकै वातावरणमा पनि सहज भएर मैदानमा प्रस्तुत हुने बताए ।

Turkey vs Wales | UEFA EURO 2020, Olimpiya Stadionu, Baku, 16 June 2021

टर्कीका कप्तान बर्क यलमाजले पहिलो खेलमा भोगेको ३-० को हार भुलाउन दर्शकको भूमीमा महत्वपूर्ण हुने बताए । उनले अजरबैजानको समर्थन स्वभाविक रुपमा टर्कीलाई हुने भएकाले घरेलु मैदानमा जस्तै स्वागत पाउने विश्वास लिए ।

तथ्यतथ्याङ्क
यी दुई टीमबिच पछिल्लो पटक १९९७ मा भेट भएको थियो । जतिबेला टर्कीले विश्वकप छनोटमा इस्तानबुलमा ६-४ को जित निकालेको थियो ।
वेल्सका प्रशिक्षक पेजले टर्कीविरुद्ध १९९६ को खेलमा डेब्यु गरेका थिए ।

टर्कीले इटालीविरुद्ध केवल ३ वटा मात्रै प्रहार गरेको थियो । युरोपियन च्याम्पियन सिपमा जुन सर्वाधिक कम प्रहार हो सबै तीन टार्गेट फ्रेममा थिएनन् ।

वेलले प्रतिस्पर्धात्मक खेलमा २०१६ मा युरो २०१६ मा रसियाविरुद्ध ३-० को जित निकालेयता वेल्स बाहिर गोल गर्न सकेका छैनन् ।

रसियालाई पहिलो जितको प्रतिक्षा
डेनमार्कविरुद्ध एकमात्र प्रयासलाई सदुपयोग गर्दै महत्वपूर्ण तीन अंक हात पारेको फिनल्यान्ड रसियासँग पनि काउन्टर मुभको प्रतिक्षामा मैदानमा उत्रनेछ । बेल्जियमसँग पराजित भएपछि रसिया पहिलो जित निकाल्दै अघिल्लो चरणको आशा कायम राख्ने ध्याउन्नमा छ ।

Russia starts 2020 UEFA Euro Cup with massive defeat against Belgium - Sport - TASS

समूह बीमा बेल्जियम र फिनल्यान्ड जित निकाल्दै क्रमशः पहिलो र दोस्रो नम्बरमा रहँदा रसिया छनोट आशा बलियो बनाउन मैदानमा उत्रनेछ ।

तथ्यतथ्याङ्क
सोभियत युनियन विघटनपछिका भएका सबै चार खेलमा रसियाले जित हासिल गरेको छ । सबै खेलमा फिनल्यान्डविरुद्ध कम्तिमा तीन गोल गरेकाले सोही लयलाई कायम राख्ने ध्याउन्नमा रसिया हुनेछ ।

फिनल्यान्डले भिडेका ४ खेलमा उसले केवल एक खेलमा मात्र गोल फर्काएको छ । १९९६ को युरो छनोटका क्रममा १९९५ मा भएको खेलमा ३-१ भएको थियो ।

यदि रसियालाई फिनल्यान्डले पराजित गरेमा पहिलो सहभागितामा नै लगातार दुई जित निकाल्ने फिनल्यान्ड क्रोएसियापछि दोस्रो टीम बन्ने छ । १९९६ क्रोएसियाले पहिलो सहभागितामा नै दुई जित निकालेको थियो ।

फिनल्यान्डले पछिल्ला आठमध्ये एक खेलमा मात्र पराजय भोगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *