असार २५ गतेभित्र कर तिर्नुपर्ने

काठमाडौं । सरकारले असार २५ गतेभित्र कर तिर्न सूचना जारी गरेको छ । बुधबार सूचना जारी गर्दै आन्तरिक राजस्व विभागले असार २५ गतेभित्र कर विवरण तथा कर दाखिला गर्ने म्याद जारी गरेको हो ।

विभागद्वारा जारी सूचनामा गतसाल चैत र गत वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्ने उल्लेख गरिएको छ ।

यसका साथै विभागले सबैखाले कर तथा विवरण असार २५ गतेसम्म बुझाउँदा जरिवाना नलाग्नेसमेत बताएको छ ।

सर्वोच्च अदालतले मंगलबार कर असुल गर्न सरकारलाई बाटो खुलाइदिएको थियो । मंगलबार आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश सर्वोच्चले दिएको थियो ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *