जापान र कोरियाबाट कर्णालीका अस्पताललाई अक्सिजन कन्सन्ट्रेसन मेसिन

काठमाडौं । कर्णाली प्रदेश समाज जापान र दक्षिण कोरियाले प्रदेश सरकारलाई अक्सिजन कन्सन्ट्रेसन मेसिन हस्तान्तरण गरेको छ । बुधबार सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीलाई कर्णाली प्रदेश समाज जापानका सल्लाहकार प्रेम रावल र दक्षिण कोरियाका सल्लाहकार लक्ष्मीप्रसाद बस्नेतले सात थान अक्सिजन कन्सन्ट्रेसन हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा सामाजिक विकास मन्त्री बुढाक्षेत्रीले कोरोना संकटका बेला रोजगारीका लागि विदेशमा रहेका नेपालीहरुले गरेको सहयोग महत्वपूर्ण रहेको बताए । ‘रोजगारीका लागि कोरिया र जापानमा रहेका नेपालीहरुले आफ्नो छाक काटेर कोरोना संकटमा गरेको सहयोग धेरै महत्वपूर्ण छ,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘आफ्नो माटोप्रतिको माया देखाउने सम्पूर्ण विदेशी भूमिमा रहेका नेपालीहरुलाई सरकारकोतर्फबाट हार्दिक आभार व्यक्त गर्दछु ।’

कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रकाश बस्नेतले कोरिया र जापानमा रहेका नेपालीहरुले संकलन गरेको रकमबाट सात थान अक्सिजन कन्सन्ट्रेसन प्रदान गरिएको बताए । ‘कोरोनाका कारण अक्सिजन नपाएर हाम्रा आफन्तहरुले दुःख पाएको टुलुटुलु हेरेर बस्न सकेनौं,’ अध्यक्ष बस्नेतले भने, ‘छाक कटाएर केही रकम जम्मा गर्यौं, त्यसैबाट अक्सिजन कन्सन्ट्रेसन मेसिन खरिद गरेर पठाएका हौं ।’

कर्णाली प्रदेश समाज दक्षिण कोरिया र जापानबाट सात थान १० लिटरका अक्सिजन कन्सन्ट्रेसन मेसिन कर्णाली प्रदेश अस्पतालसहित पाँच जिल्लालाई वितरण गरिएको हो । जापानका अभियान संयोजक भीम न्यौपानेले कर्णाली प्रदेश अस्पतालमा दुई, चौरजहारी मिसन अस्पताल, जाजरकोट जिल्ला अस्पताल, दैलेख जिल्ला अस्पताल, कालिकोटको राष्टकोट अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक/एक थान अक्सिजन कन्सन्ट्रेसन उपलब्ध गराइएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *