विपत्तिमा परेकाहरुको तत्काल उद्धार गर : एमाले

काठमाडौं । नेकपा एमालेले विपत्तिमा परेका जनताहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ । बुधबार प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै सरकारसँग यस्तो माग गरेका हुन् । ‘तत्काल उद्धार र राहतको काम प्रभावकारी ढंगले अगाडि बढाउन, मृतकका परिवारहरुका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग माग गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

एमालेले सरकारले हालै पारित गरेको विपद् प्रतिकार्य योजना प्रभावकारी रुपमा कार्यान्वयन गन पनि आग्रह गरेको छ । त्यस्तै विपत्तिको समयमा स्वयंसेवी भावनाका साथ उद्धार र राहत कार्यमा सम्पूर्ण रुपमा परिचालित हुन जनप्रतिनिधि, पार्टी कमिटी र युवा पंक्तिलाई एमालेले आह्वान गरेको छ । भनेका छ— ‘ विपतिको यस घडीमा स्वयंसेवी भावनाका साथ उद्धार र राहत कार्यमा सम्पूर्ण रुपमा परिचालित हुन सबै जनप्रतिनिधिहरु, पार्टी कमिटी र युवा पङ्तिलाई आह्वान छ ।’

केही दिनयता परेको अविरल वर्षाका कारण देशका मनाङ, सिन्धुपाल्चोकलगायतका जिल्लामा ठूलो मात्रामा धनजनको क्षति भएको छ । यसक्रममा दर्जनौंको निधन भएको छ भने सयौं बेपत्ता भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *