नेपाल एसियाकप छनोटको तेस्रो चरणमा

नेपाल एसियाकपको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सिधै स्थान बनाएको छ ।

एएफसीका अनुसार एसियन कप आयोजना गर्ने चीन, विश्वकपको आयोजक तथा एसियन कपको साविक विजेता कतारले विश्वकपमा स्थान बनाएपछि समूहको चौथो स्थानमा रहने टोलीले पनि तेस्रो चरणमा स्थान बनाएको हो । अब अंक तालिकाको दोस्रो स्थान हासिल गर्नेमध्ये पुछारका तीन टोली तथा तेस्रो र चौथो स्थान हासिल गर्ने ८-८ टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाए । एएफसीले पाँचौं स्थान हासिल गर्ने शीर्ष तीन टोलीले पनि तेस्रो चरणमा स्थान बनाए ।

पुछारका चार टोलीले मात्र अब प्लेअफ खेल्नुपर्नेछ । अब इन्डोनेसिया, कम्बोडिया, चाइनिज ताइपेइ र गुआमले प्लेअफ खेल्नेछन् । प्लेअफका विजयी दुई टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने छन् । नेपालले विश्व्कप तथा एसियाकप छनोटमा चौंथो स्थानमा रहेर यात्रा अन्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *