उद्योगी तथा व्यवसायीलाई खोप सुविधा उपलब्ध गराउन चेम्बरको माग

काठमाडौं । सम्पूर्ण उद्योगी तथा व्यवसायी तथा यातायात क्षेत्रमा कार्यरत मजदूरलाई दुवै चरणको खोपको व्यवस्था गर्न नेपाल चेम्बर अफ कमर्सले सम्बन्धित निकायसँग माग गररेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको दोस्रो चरणको नयाँ भेरियन् को कोरोना भाइरस (कोभिड-१९) बाट विश्व अर्थतन्त्रमा गम्भीर असर परेको चेम्बरको ठहर छ ।

लकडाउन भई अधिकांश व्यवसायहरू बन्द अवस्थामा रहेका छन् भने अर्कोतर्फ कोरोनाविरुद्धको भ्याक्सीन उपलब्ध नभएकाले यसबाट उत्पन्न हुने विषम परिस्थितिका कारण उद्योग व्यवसाय संचालन गर्न समेत चुनौतिपूर्ण अवस्था सिर्जना हुन गएको चेम्बरको भनाइ छ ।

चेम्बरले यस्तो परिस्थितिमा उद्योग तथा व्यवसाय संचालनका सिलसिलामा अग्रपंक्तिमा रही कार्यरत हुनुपर्ने भएकाले समग्र निजी क्षेत्र, जोखिमयुक्त वर्गमा पर्ने भएको हुँदा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरू, चेम्बरसँग आवद्ध रहेका वस्तुगत संघ, आवद्ध संघ, द्विराष्ट्रिय व्यापार संघ, प्रदेश, जिल्ला तथा नगर स्तरीय चेम्बर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरू, चेम्बरअन्तर्गत गठित केन्द्र तथा जिल्ला अन्तर्गत गठित महिला चेम्बरका पदाधिकारी तथा सदस्यहरू तथा चेम्बरअन्तर्गतका समस्त किराना व्यवसायीहरु उद्योगीहरु एवम उद्योग तथा यातायात क्षेत्रमा कार्यरत मजदूरलाई दुवै चरणको खोपको व्यवस्थाको नेपाल चेम्बर अफ कमर्सले सम्बधित निकाय समक्ष आग्रह गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *