जर्मनीमाथि फ्रान्सको जित

काठमडौँ । फ्रान्सले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको हो ।

फ्रान्सको जितमा जर्मनीका माट्स हुमल्सले खेलको २०औं मिनेटमा गरेको आत्मघाती गोल नै खेलको निर्णायक गोल हुन पुगेको थियो । हुमल्सको आत्मघाती गोल यस युरोकपको तेस्रो आत्मघाती गोल हो । यस युरोकपमा केबल १२ खेल खेल्दा नै तीन आत्मघाती गोल भएको छ ।

यस अघि २०१६ को पुरै युरोकपमा केवल ३ आत्मघाती गोल भएको थियो । त्यस्तै जर्मनीको तर्फबाट ठूला प्रतियोगितामा सन १९७८ पछि पहिलो पटक आत्मघाती गोल भएको हो । तर जर्मनीको जर्सीमा हुमल्सको भने यो दोस्रो आत्मघाती गोल हो ।

फ्रान्सले भने यो जितपछि यस युरोकपको कठिन समूह भनिएको समूह एफ मा महत्वपूर्ण तीन अंक बटुलेको छ । अब फ्रान्सले अर्को खेल शनिबार हंगेरीविरुद्ध खेल्दैछ । त्यस्तै जर्मनीले भने शनिबार पोर्चुगलको सामना गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *