राेनाल्डाेकाे कीर्तिमानसँगै पाेर्चुगलकाे विजयी शुरुवात

साविक विजेता पोर्चुगलले  युरो २०२० मा विजयी सुरुवात गरेको छ । मंगलबार रातीकाे खेलमा घरेलु टिम हंगेरीलाई ३-० ले पराजित गर्दै पोर्चुगलले महत्वपूर्ण ३ अंक जाेडेको हो ।

हंगेरीकाे पुस्कास एरिनामा पोर्चुगललाई जिताउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा राफायल गुइरेरोले एक गाेल गरे ।

८४ मिनेटसम्म गाेलरहित बराबरी रहेकाे खेलमा पाेर्चुगलले त्यसपछि तीन गाेल गरेकाे हाे ।
रोनाल्डाे सर्वाधिक गोलकर्ता

हंगेरीलाइ पराजित गर्दा रोनाल्डोले अन्तिम समयमा दुई गोल गरे। उनले पेनल्टीमार्फत खेलको पहिलो गोल गर्दा उनी युरोपिनय च्याम्पियन सिपमा सर्वाधिक गोलकर्ता बने। उनले लगातार पाँच युरो खेल्दा सबैमा गोल गर्ने सफल भए। उनले फ्रान्सका माइकल प्लाटीनीले प्रतियोगितामा ९ गोल गर्दै बनाएको रेकर्ड तोड्न सफल भए। उनले दुई गोल गर्दै युरोपिनय च्याम्पियनसिपमा ११ गोल पुर्‍याए।

बुढापेस्टमा ६० हजार दर्शकमाझ भएको खेलमा हंगेरीले अन्तिम समयमा गोलको प्रयास गरेपनि अफसाइड हुँदा निरास बन्यो । परिणामत: लगातार तीन गोल खान पुग्यो।

गुरेरिरोको प्रहार हंगेरीका डिफेन्डर विली ओर्वानमा डिफ्लेक्ट हुँदै ८४ औ मिनेटमा पहिलो गोल हुन पुग्यो। हंगेरीले ८७ मिनेटमा फल गर्दा पुन पेनल्टी मार्फत रोनाल्डोले दोस्रो गोल गरे। अतिरिक्त समयमा गोलरक्षक विट गर्दै रोनाल्डोले टीमका लागि तेस्रो गोल संभव बनाए। रोनाल्डो सर्वाधिक धेरै युरो कप खेल्ने खेलाडी समेत बने।

रोनाल्डो जारी प्रतियोगितामा एकै खेलमा दुई गोल गर्न] दोस्रो खेलाडी समेत बने। उनी रोमेलु लुकाकु पछि दुई गोल गर्न सफल भएका हुन् ।

याे खेलमा राेनाल्डाेले दूई कीर्तिमान बनाएका छन् । उनीयुराेकपका पाँच संस्करण खेल्ने पहिलाे खेलाडी बनेका छन् । यस्तै उनी युराेकपमा सबैभन्दा धेरै गाेल गर्ने खेलाडी पनि बनेका छन् । उनले युरोकपमा ११ गोल गर्दै कीर्तिमान बनाएका हुन् ।

३६ वर्षीय रोनाल्डो प्रतियाेगीताका लगातार पाँचै संस्करणमा गोल गर्ने खेलाडी समेत बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *