राेनाल्डाेको अर्को कीर्तिमान

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

हंगेरीविरुद्धको  खेलमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले कीर्तिमान बनाएका हुन् । याे सँगै उनले युरोकपमा  १० औं गोल पूरा गरेका छन् ।

उनी पाँचै संस्करणमा गोल गर्ने खेलाडी समेत बनेका छन् ।

पेनाल्टिमार्फत गाेल गरेकाे केहीबेरमै राेनाल्डाेले अर्काे गाेल थपे यससँगै उनकाे अन्तराष्ट्रीय गाेल सँख्या १०६ पुगेको छ भने युराेकपमा ११ गाेल भएको छ ।

यसअघि राेनाल्डाेले हंगेरीसँगकाे खेलमा मैदान उत्रेसँगै राेनाल्डाे युराेकपका पाँच प्रतियोगिता खेल्ने पहिलाे खेलाडी बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *