मैदान उत्रँदै बनाए राेनाल्डाेले कीर्तिमान

पाेर्चुगलका कप्तान तथा विश्वप्रख्यात फुटबल खेलाडी क्रिस्चियानाे राेनाल्डाेले पाँचवटा युराेकप प्रतियाेगिता खेल्ने कीर्तिमान बनाएका छन् ।

युराे २०२०काे आफ्नाे पहिलाे खेलमा हंगेरीसँगकाे खेलमा मैदान उत्रे लगत्तै उनी युराेकपका पाँचवटा प्रतियाेगिता खेल्ने पहिलाे खेलाडी बनेका हुन् । सन् २०१६ मा ११ जना खेलाडीले चौथो पटक प्रतियोगितामा भाग लिएका थिए । तर बाँकीमध्ये धेरैले सन्यास लिए भने केहीले चोटका कारण प्रतियोगिता गुमाए ।

राेनाल्डोले यो प्रतियाेगितामा धेरै कीर्तिमान आफ्नाे नाममा लेखाउने अनुमान गरिएकाे छ ।

३६ वर्षीय रोनाल्डो पहिलो पटक सन् २००४ को युरोकप खेलेका थिए । त्यसपछि उनले २००८, २०१२ र २०१६ को संस्करण खेले । रोनाल्डोले चारै संस्करण गोल समेत गरेका छन् । २०१६ मा रोनाल्डोको कप्तानीमा नै पोर्चुगलले उपाधि जितेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *