समूहचरणमा पहिलो पटक भिड्दै जर्मनी र फ्रान्स, को बलियो ?

युरो २०२० को समूह एफअन्तर्गत पूर्वविजेता फ्रान्स र जर्मनी खेल्दैछन् । खेल नेपाली समयअनुसार मध्यरात १२:४५ मा म्युनिखमा शुरु हुनेछ । फ्रान्स दुई पटकको च्याम्पियन हो भने जर्मनीले तीन पटक युरोपको च्याम्पियन बनेको छ । फ्रान्सले १९८४ र २००० मा उपाधि जितेको थियो भने जर्मनीले १९७२, १९८० र १९९६ मा उपाधि जितेको थियो ।

यी दुई टीम मुख्य प्रतियोगिता (विश्वकप/युरोकप)मा पहिलो पटक समूहचरणमै एकअर्कासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । पछिल्लोपटक दुबै टीमले २०१६ को युरोकपको सेमिफाइनलमा खेलेका थिए । जतिबेला फ्रान्स २-० ले विजयी भएको थियो। फ्रान्सका लागि दुवै गोल एन्टोनियो ग्रिजमनले गरेका थिए । जर्मनी तत्कालीन हारको बदलाका लागि मैदानमा उत्रनेछ ।

सधैँ रोमाञ्चक
जर्मनी र फ्रान्सबीच अहिलेसम्म मुख्य प्रतियोगितामा ५ पटक प्रतिस्पर्धा भएको छ । दुवैको रेकर्ड उस्तै-उस्तै छ । जर्मनी र फ्रान्सले समान २-२ पटक जित निकाल्दा एक खेल बराबरी भएको छ । यी दुईबिच समग्रमा ३१ पटक प्रतिस्पर्धा भएको छ । जसमा १० खेलमा जर्मनी र १४ खेलमा फ्रान्स विजयी भएका छन्। ७ खेल बराबरी भएको छ।

मैदान जर्मनीको, जीत जति फ्रान्सको
यो खेल जर्मनीको घरेलु मैदानमा हुँदैछ । म्युनिखमा फ्रान्स र जर्मनीबिच भएका सबै ५ खेलमा फ्रान्स अपराजित छ । ५ मध्ये तीन खेलमा फ्रान्सले जित हासिल गर्दा २ खेल बराबरी भएका छन् । यी दुईबिच यो मैदानमा पछिल्लो पटक २०१८ को सेप्टेम्बरमा प्रतिस्पर्धा भएको थियो । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।

France vs Germany Live, Euro 2020: Watch FRA vs GER Live stream free

जर्मनीले आफूले खेलेका पछिल्ला ५ खेलमा भने ३ खेलमा जित निकाल्दा एक खेल बराबरी र एक खेलमा हार भोगेको छ । फ्रान्सले पनि पछिल्ला ५ खेलमा ३ खेलमा जीत र २ खेल बराबरी गरेको छ ।

मुख्य प्रतियोगितामा धेरै खेल जित्ने टीम फ्रान्स
फ्रान्सका लागि यो १० औँ युरोकप यात्रा हो । टीम लगातार ८ पटक युरोकपका लागि छनोट भयो । पछिल्लो पटक १९८८ मा फ्रान्स प्रतियोगितामा छनोट हुन असफल भएको थियो । २०१४ को विश्वकपदेखि अहिलेसम्म ३ मुख्य प्रतियोगिता हुँदा फ्रान्सले १९ खेल खेलेकोमा सर्वाधिक १४ खेलमा जित हासिल गरेको छ । फ्रान्सपछि बेल्जियम दोस्रो नम्बरमा छ । जर्मनीले ३ मुख्य प्रतियोगिताका १७ मध्ये १३ खेलमा जित निकालेको छ। जहाँ जर्मनीले १६ मा १० खेल जितेको छ ।

ओपनिङ खेलमा अपराजित जर्मनी
जर्मनीले युरोकप फुटबलमा अहिलेसम्म उद्घघाटन खेलमा हार व्यहोर्नुपरेको छैन। टीमले कुल १२ खेल खेल्दा ७ खेलमा जित निकालेको छ भने ५ खेल बराबरी खेलेको छ। जर्मनीले २००४ को युरोपछि सबै ओपनिङ खेलमा जित निकालेको छ। जर्मनीको यो १३ औं युरो हो। जुन सबै टिमभन्दा बढी हो । युरोमा जर्मनीले फ्रान्सविरुद्ध प्रतियोगिताको ५० औँ खेल खेल्न लागेको हो । युरो इतिहासमा यति धेरै खेल खेल्ने जर्मनी एक्लो टीम हो । फिफा वरियतामा फ्रान्स दोस्रो र जर्मनी १२ औँ नम्बरमा छ ।

ग्रिजमन सर्वाधिक गोलकर्ता
फ्रान्सका स्ट्राइकर एन्टोनियो ग्रिजमन जर्मनीविरुद्ध सर्वाधिक गोलकर्ता हुन् । उनले ४ गोल गर्दा जर्मनीका गोलरक्षक म्यानुएल नुएर मुख्य प्रतियोगितामा सर्वाधिक खेल खेल्ने दोस्रो गोलरक्षक हुन् । उनीअघि स्पेनका इकर कासियास र इटालिलका जियानलुइगी बुफोनले समान ३१ खेल खेलेका छन् ।

दुवै प्रशिक्षकलाई अवसर
फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पसामु यो पटक युरोकपमा एक फरक कीर्तिमान बनाउने अवसर छ । यदि उनले प्रतियोगिता जितेमा खेलाडी र कोचका रुपमा प्रतियोगिता जित्ने पहिलो व्यक्ति बन्नेछन् ।

France Vs Germany, Live Streaming: When And Where To Watch UEFA Euro 2020, Group Of Death Match

जहाँ जर्मनीका प्रशिक्षक जोचिम लोका लागि भने यो प्रतियोगिता जर्मनीबाट अन्तिम प्रतियोगिता हो । जर्मनीका लागि युरोकपमा उनले १८ खेलमा प्रशिक्षण गरेका छन् । जुन आफैमा कीर्तिमान हो । यो दौरानमा उनले जर्मनीलाई ६ मा ५ मुख्य प्रतियोगिताको सेमिफाइनल पुर्‍याएका छन् । २०१८ को विश्वकपमा मात्र जर्मनी समुहचरणबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *