गण्डकी प्रदेशले ल्यायो ३० अर्ब ३ करोड ९४ लाखको बजेट (पूर्णपाठसहित)

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्षका लागि चालूतर्फ १३ अर्ब ६ करोड ४७ लाख, पुँजीगततर्फ १६ अर्व ७३ करोड ४६ लाख र वित्तीय व्यवस्थापन तर्फ २४ करोड बजेट विनियोजन गरिएको छ ।

सशर्त अनुदान ४ अर्ब १८ करोड, समपूरक अनुदान ८७ करोड, विशेष अनुदान ५४ करोड, राजस्व बाँडफाँट ७ अर्ब ६२ करोड र रोयल्टीबाट ३० करोड पाउने अनुमान गरिएको छ ।

प्रदेशले ४ अर्ब ९७ करोड आन्तरिक आम्दानीबाट व्यहोर्नेछ । यो वर्ष खर्च नहुने दुई अर्ब १० करोड पनि बजेटमा समावेश गरिएको छ । अपुग दुई अर्बमध्ये आन्तरिक ऋण एक अर्ब र नेपाल सरकारबाट एक अर्ब ऋणबाट पूर्ति गरिने पोखरेलले बताए ।

बजेटको पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *