सुदूरपश्चिमको बजेट ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार (पूर्णपाठसहित)

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब बढीको बजेट प्रस्तुत गरेको छ ।

मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर बोहराले प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेशको आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ १० अर्ब ६६ करोड ९ लाख ३ हजार अर्थात ३५ दशमलव १ प्रतिशत र पूँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार अर्थात् ५८ दशमल २ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

अन्तर सरकारी वित्त हस्तान्तरणअन्तर्गत १ अर्ब ७२ करोड ४५ लाख तर्थात ५ दशमलव ७ प्रशित र वित्तीय व्यवस्थातर्फ ३० करोड अर्थात् १ प्रतिशत हुने गरेर बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले स्रोतका रुपमा आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ८ करोड ३ लाख २२ हजार, नेपाल सरकारबाट राजस्व बाँडफाँड ७ अर्ब ९२ करोड, ९१ लाख, संघीय रोयल्टीबाट ३ करोड ९४ लाख ६३ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ करोड ५४ करोड ८० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

यस्तै, चालु आर्थिक वर्षको विनियोजनबाट ६ अर्ब ६८ करोड ३० लाख ६१ हजार, सशर्त अनुदानबाट ४ अर्ब १९ करोड ३३ लाख, संघीय समपुरक अनुदानबाट १ अर्ब २२ करोड ९४ लाख, विशेष अनुदानबाट ६१ करोड ३५ लाख र विकास साझेदारहरुबाट २ करोड ४६ लाख प्राप्त हुने अनमान गरिएको छ ।

बजेट प्रस्तत गर्दै मन्त्री शाहले आगामी वर्षमा प्रदेशको अर्थतन्त्रमा ६ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा गरिएको बताए ।

बजेटको पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *