बागमतीमा पाैने ५८ अर्बको बजेट

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बागमती प्रदेशले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशकुमार ढुंगेलले मंगलबार प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट पेश गरेका हुन् ।

बागमती प्रदेशमा चालुतर्फ कुल बजेटको ४५ प्रतिशत अर्थात् २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ, पुँजीगततर्फ ५१ प्रतिशत अर्थात् २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय व्यवस्थापनतर्फ ४ प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

बजेट स्रोत व्यवस्थापनमा कर राजस्वतर्फ २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख रुपैयाँ बराबर राजस्व संकलनको अनुमान गरिएको मन्त्री ढुंगेलले जानकारी दिए ।

यसैगरी, बजेटमा संघीय सरकारबाट वित्तीय हस्तान्तरणअन्तर्गत बागमती प्रदेशले पाउने १९ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्ती १ अर्ब ५ करोड ९ लाख, र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड रुपैयाँ बराबर स्रोत व्यहोर्ने अनुमान गरिएको छ ।

बजेटको पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *