राष्ट्रिय वाणिज्य बैंकद्वारा सगरमाथा आरोहणदललाई आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फादर एण्ड सन्स् क्याम्पेनलाई आर्थिक सहयोग गरेको छ ।

प्रकति जोगाऔं, जलवायु परिवर्तन न्यूनीकरण गरौं भन्ने मूल नाराका साथ प्रकृति जोगाऔं महाअभियानअन्तर्गत सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एण्ड सन्स क्याम्पेनलाई सहयोग पुग्नेगरी चेक हस्तान्तरण गरिएको जनाएइको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले तीन लाख रुपैयाँ बराबरको चेक आरोहणदललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई हस्तान्तरण गरेको बैकले जनाएको छ ।

सगरमाथाको चुचुरोमा फहराइएको राष्ट्रिय वाणिज्य बैंकको झण्डाको तस्बिर बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई सगरमाथा आरोहीहरुले हस्तान्तरण गरेका थिए ।

फादर एण्ड सन्स क्याम्पेनले प्रकृति जोगाऔं महाअभियानअन्तर्गत सात माहदेश र पाँच समुन्द्रको सफाइ विश्वकै पहिलोपटक गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *