सेयर बजार ३.७२ अंकले घट्यो, साढे १६ अर्बमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मगंलबार सेयर बजार ३.७२ अंकले घटेको छ ।

मगंलबार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.२२ प्रतिशतले घटेर ३०२२.१० बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ परिसूचक भने ०.२५ अंकले बढेर ५५०.२६ बिन्दुमा पुगेको छ ।

मंगलबार कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये ५ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको सेयर घटेको छ ।

आज २ सय २६ कम्पनीका ३ करोड ९ लाख ४८ हजार ८ सय ५३ कित्ता सेयर खरिद बिक्री हुँदा १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७ सय ३९ रूपैयाँ बराबरको खरिद बिक्री भएको छ ।  त्यस्तै सिइडिबी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको सेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *