के के बनाउलान् यसपटक रोनाल्डोले कीर्तिमान ?

अहिलेका उत्कृष्ट फुटबलरका रुपमा स्थापित भएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले जारी युरो २०२० मा धेरै रेकर्ड तोड्ने अनुमान गरिएको छ । आज हंगेरीसँग मैदान उत्रँदा उनी सर्वाधिक पटक युरोकप खेल्ने खेलाडी बन्नेछन्। पोर्चुगलका कप्तान रोनाल्डो समक्ष सर्वाधिक गोल गर्ने खेलाडी बन्ने अवसर पनि छ ।

डिफेन्डिङ् च्याम्पियन भएकाले पनि रोनाल्डोप्रेरित पोर्चुगल उपाधिको दाबेदार मानिएको छ ।
रोनाल्डोले जारी युरो २०२० मा बनाउने र बनाउनसक्ने केही कीर्तिमान-
युरोका सर्वाधिक संस्करण खेल्ने खेलाडी

रोनाल्डो ती १७ खेलाडीको क्लबमा छन् जसले ४ पटक ‘युरो कप’ खेलेका छन् । यद्यपि रोनाल्डोले अब यी १७ खेलाडीलाई छाड्दै सर्वाधिक युरो कप खेल्ने खेलाडीको कीर्तिमान मंगलबार बनाउनेछन् । जब उनी हंगेरीविरुद्ध मैदान उत्रनेछन् । मैदान उत्रँदा नै ५ पटक यो प्रतियोगिता खेल्ने एक्लो खेलाडी बन्नेछन् रोनाल्डो । २०१६ मा ११ जना खेलाडीले चौथो पटक प्रतियोगितामा भाग लिएका थिए । तर बाँकीमध्ये धेरैले सन्यास लिए भने केहीले चोटका कारण प्रतियोगिता गुमाए ।

सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान
युरोकप तथा युरो छनोट गरेर रोनाल्डोले कुल ५६ खेल खेलेका छन् । थप ३ खेल खेलेमा रोनाल्डो प्रतियोगितामा सर्वाधिक धेरै खेल खेल्ने खेलाडी पनि बन्नेछन् । सर्वाधिक धेरै खेल खेल्ने खेलाडीमा इटालीका जियानलुइगी बुफोन अघि छन् । उनले ५८ खेल खेलेका छन् ।

Euro 2021: Cristiano Ronaldo's other records | Marca

क्वालिफायर्स बाहेक भने रोनाल्डोले कुल २१ खेल खेलेका छन् । जुन मुख्य प्रतियोगितामा कुनै पनि खेलाडीले खेलेको सर्वाधिक खेल हो । ३६ वर्षका रोनाल्डो तथा उनको टीमले उपाधि जित्न सफल भए र सबैमा रोनाल्डोले खेलेमा युरोमा उनको कुल खेल सँख्या ६३ पुग्नेछ ।

सर्वाधिक गोल गर्ने कीर्तिमान
यदि रोनाल्डो यो प्रतियोगितामा ६ गोल गर्न सफल भएमा उनी सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पनि बन्नेछन् । रोनाल्डोका नाममा अहिलेसम्म कुल १०४ अन्तर्राष्ट्रिय गोल रहेको छ । इरानका पूर्वफुटबलर अली डेइ सर्वाधिक धेरै गोल गर्नै खेलाडी हुन् । उनले करिअरमा १०९ गोल गरेका छन् । युरोअघिको अन्तिम मैत्रिपूर्ण खेलमा इजरायलविरुद्ध गोल गर्दै रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १०४ पुर्‍याए । उनले कुल १७५ क्याप जितेका छन् ।

One month until Euro 2020: Favourites, underdogs and golden boot prospects | Marca

यसैबीच युरोकपमा अहिलेसम्म ७ खेलाडीले ह्याट्रिक गरेका छन् । रोनाल्डो यो सूचीमा छैनन् । रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा कुल ९ ह्याट्रिक गरेपनि युरोमा उनले ह्याट्रिक गर्न सकेका छैनन् । रोनाल्डो यो सूचीमा पनि पर्न चाहन्छन् ।

गोल गर्ने तेस्रो पाको खेलाडी
रोनाल्डो मंगलबारसम्ममा ३६ वर्ष १२६ दिनका भए । यदि उनले युरोकपमा गोल गर्न सफल भएमा उनी सर्वाधिक पाको उमेरमा गोल गर्ने तेस्रो खेलाडी बन्नेछन् । प्रतियोगितामा सर्वाधिक पाको उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान अस्ट्रियाका इविसा वास्टिचाको नाममा छ । उनले २००८ को युरोमा पोल्यान्डविरुद्ध ३८ वर्ष २५७ दिनमा पेनल्टीमार्फत गोल गरेका थिए । त्यस्तै नर्थ मेसिडोनियाका गोरन पांडवले यहि प्रतियोगितामा अस्ट्रियाविरुद्ध ३७ वर्ष ३२१ दिनमा गोल गर्दै सर्वाधिक पाको उमेरमा गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहे।

दुई पटक उपाधि जित्ने कप्तान
यदि पोर्चुगलका उपाधि रक्षा गर्न सफल भएमा लगातार २ पटक उपाधि जित्ने दोस्रो कप्तान हुनेछन् । यसअघि स्पेनका इकर कासियासले २००८ र २०१२ मा उपाधि जित्दै यो रेकर्ड हासिल गरेका थिए । टिमलाई यो उपाधि दिलाउन सके रोनाल्डोले यस्ता धेरै कीर्तिमान त बनाउने छन् नै पोर्चुगल लगातार दुईपटक युरो जित्ने टीम समेत बन्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *