युरोकपमा आज दुई रोमाञ्चक भिडन्त

काठमाडाैँ ।  युरो २०२० मा आज (मंगलबार) दुई खेल हुँदैछन । समूह ‘एफ’ को पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनी खेल्दैछन् । दुबै खेल रोचक हुने अपेक्षा गरिएको छ ।

साविक विजेता पोर्चुगलले हंगेरीसँग हंगेरीको बुडापेस्टमा खेल्नेछ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । मुख्य प्रतियोगितामा यी दुई टिमबीच तेस्रोपटक खेल हुन लागेको हो ।

आज हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्नेछ । फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

विश्व विजेता फ्रान्स पहिलो खेलमै बलियो टिम जर्मनीलाई हराएर महत्वपूर्ण तीन अंक जोड्न चाहन्छ । यस्तै जर्मनीपनि घरेलु मैदानमा जित निकाल्दै अर्को चरण प्रवेशलाई सहज बनाउन चाहन्छ ।

फ्रान्स र जर्मनीबीच अहिलेसम्म मुख्य प्रतियोगितामा ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुबै टोलीले २/२ खेल जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *