बराबरीमा रोकिए स्पेन र स्वीडेन

काठमाडाैँ । युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ई को खेलमा स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा दुई पटकको युरो च्याम्पियन स्पेन स्विडेनसँग गोलरहित बराबरी खेलेको हो ।

खेल अवधिभर बलमा आफ्नो पकड बनाएर स्वीडेनलाई दवाब दिएको स्पेन फिनिसिङमा चुकेको थियो । ८५ प्रतिशतभन्दा बढीसमय बल बल आफ्नो नियन्त्रमणमा राखेको स्पेनले आक्रमणको प्रयास पटकपटक बुनेर पनि गोल गर्नभने असफल रह्यो । यस बराबरीसँगै स्पेन र स्वीडेनले पहिलो खेलमा अंक बाँडेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *