स्लोभाकियासँग पोल्यान्ड स्तब्ध

काठमाडाैँ । युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ई को खेलमा स्लोभाकियाले पोल्यान्डमाथि जित दर्ता गरेको छ । क्रिस्टोभ्स्की रंगशालामा सम्पन्न खेलमा दश खेलाडीमा सीमित पोल्याण्डमाथि स्लोभाकियाले २-१ गोलअन्तरको जित निकालेको  हाे ।

खेलको १८ औं मिनेटमा गोलकिपर वोज्सिएचले आत्मघाती गोलगरेपछि स्लोभाकियाले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोलले पछि रहेको पोल्याण्डलाई कारोल लिनेटेले दोस्रो हाफको पहिलो मिनेटमा नै गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलमा पकड जमाउँदै अग्रता लिने सुरमा कस्सिएको पोल्यान्ड ६२ औं मिनेटमा १० खेलाडीमा समेटियो । मिडफिल्डर ग्रेगोर्ज क्रिकोवियकले दोहोरो पहेंलो कार्ड पाएपछि टोली पुन: दबाबमा परेको थियो । र, स्लोभाकियाका लागि मिलन स्किनिअरले ६९ औं मिनेटमा गोल फर्काउँदे खेलको निर्णयाक गोल गरे ।

यो सँगै समूह ई मा स्लोभाकिए ३ अंक जोडेर शीर्ष स्थानमा उक्लियो भने स्पेन र स्वीडेनले १/१ अंक जोडे । त्यस्तै पहिलो खेलमा पराजय ब्यहोरेको पोल्याण्डको युरोकपको सुरुवात सुखद रहन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *