चेक रिपब्लिकको सनसनीपुर्ण जित

काठमाडाैँ । युरो कप अन्तर्गत सोमबारको खेलमा चेक गणतन्त्र विजयी भएको छ । उसले हाम्डेन पार्कमा घरेलु टोली स्कटल्यान्डमाथि २-० को सहज जित निकालेको हो ।

चेक गणतन्त्रको जितमा दुवै गोल प्याट्रिक सिकले गरे । उनले ४२ औँ मिनेटमा हेडमार्फत् गोल गर्दै टोलीलाई अग्रता दिलाए । ५२ औँ मिनेटमा सिकले नै चेक गणतन्त्रको अग्रता दोब्बर बनाए । उनले स्कटल्यान्डका गोलरक्षक डेविड मार्सल अगाडि बढेको अवस्थामा मैदानको मध्यभाग भन्दा केही अगाडिबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

जितसँगै चेक गणतन्त्र ३ अंकका साथ समूह ‘डी’ को शीर्ष स्थानमा उक्लिएको छ । ऊ इङ्ग्ल्यान्डसँग समान अंक भए पनि गोल अन्तरमा अघि रहेको हो । हारबाट प्रतियोगिताको सुरुवात गरेको स्कटल्यान्ड समूहको अन्तिम स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *