अर्जेन्टिना बराबरीमा रोकियो

काठमाडौँ । कोपा अमेरिका २०२१ अन्तर्गत समूह चरणको खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएका छन् । अर्जेन्टिनाले खेलमा दबाब कायम गर्दै अग्रता लिएपनि दोस्रो हाफमा गोल खाएपछि १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५८ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १-१ गोलको बराबरीमा फर्काए ।

यससँगै कोपा अमेरिकाको समूह ए मा अर्जेन्टिना र चिलीले १-१ अंक जोडेका छन् । आज नै हुने समूहको अर्को खेलमा पाराग्वे र बोलिभिया भिड्नेछन् । यस समूहमा उरुग्वे पनि रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *