स्पेनलाई स्विडेनको डर

काठमाडौं । युरो २०२० अन्तर्गत आज मध्यरातमा उपाधि दाबेदार स्पेनले स्विडेनको सामना गर्दैछ । प्रतियोगिताकै सबैभन्दा युवा टिमको परिचय बनाएको स्पेनका लागि स्विडेनले कडा चुनौती दिने आकलन गरिएको छ। नेपाली समयअनुसार मध्यरात पौने एक बजे शुरु हुने भिडन्तमा दुवै टीम पहिलो जितको खोजीमा हुनेछन् ।

स्पेनका कप्तान सर्जिओ बुस्केट टीममा नहुँदा टिमलाई स्वभाविक दबाब हुनेछ । बुस्केटलाई कोरोना पोजेटीभ देखिएपछि उनी टीममा हुने छैनन् । उनी अहिले पनि आइसोलेसनमा छन्। यद्यपि लिड्सका सेन्टर ब्याक डिएगो लोरेन्टको भने कोरोना संक्रमण निको भएपछि टीममा पुनरागमन हुने विश्वास गरिएको छ । त्यस्तै युवा स्टार डेजान कुलुसेभस्की र माटीया भानवर्ग पनि कोरोना पोजेटिभ देखिएकाले टीममा हुने छैनन् । त्यसैले स्पेनका लागि अनुभवी स्विडेनसँग संयमतापूर्वक खेल्न र जित्न सहज हुने छैन ।

त्यसो त स्विडेनका पनि केही खेलाडी कोरोनाका कारण मैदानमा हुने छैनन् । युभेन्टसका विङ्गर डेजान कुलुसेभेस्कीमा कोभिड पोजिटिभ देखिएको थियो भने त्यसअघि नै रक्षक माटिएस स्भानबेर्ग पनि आइसोलेसनमा छन् ।

हेड टू हेड
यी दुई टीमबिच मुख्य प्रतियोगितामा यो चौथो प्रतिस्पर्धा हुनेछ । स्पेनले पछिल्ला दुई खेलमा जित निकालेको छ । युरो २००८ मा २-१ ले जित निकाल्दा त्यसअघि १९७८ को विश्वकपमा १-० को नतिजा निकालेको थियो । स्पेनले स्विडेनविरुद्ध भएका खेलका कुल १४ मध्ये एक खेलमा मात्र गोल गर्न असफल रहेको छ ।
स्विडेनले भने पहिलो पटकको प्रतिस्पर्धा अर्थात् १९५० को विश्वकपमा स्पेनलाई ३-१ ले हराएको थियो ।

तथ्य तथ्यांक
स्पेनले उद्घाटनमा खेलेका पछिल्ला पाँच मुख्य प्रतियोगितामा केवल एक खेलमात्र जितेको छ । उसले २०१६ मा युरो कपमा चेक रिपब्लिकलाई उद्घाटन खेलमा हराएको थियो ।

युरोपियन च्याम्पियनसिपमा स्पेनको यो ११ औं उपस्थिति हो । उसले पछिल्ला तीनमध्ये दुईवटा प्रतियोगिताको उपाधि जितेको छ । स्पेन र जर्मनीले समान तीनपटक युरो च्याम्पियनसिपको उपाधि जितेका छन् ।

स्पेन पछिल्ला ६ युरो भिडन्तमा पाँचपटक नकआउट चरणमा पुगको छ । २००४ मा भने समुहचरणबाटै बाहिरिएको थियो। युरोमा स्पेनले कुल ३७ गोल गरेको छ । रमाइलो के छ भने उसले गरेका यी सबै गोल डिबक्स भित्रबाटै संभव बनाएको हो ।

स्विडेनले भने यरोपियन च्याम्पियनसिपका पछिल्ला ८ मध्ये ६ खेलमा हार भोगेको छ । उसले २०१२ मा फ्रान्सविरुद्ध फ्रान्सलाई हराएको थियो भने अरु खेल हारेको थियो ।

युरो च्याम्पियनसिपमा स्विडेनको सर्वाधिक राम्रो प्रदर्शन भनेको आयोजकका रुपमा १९९२ मा गरेको थियो । उक्त समयमा स्विडेन सेमिफाइनल पुगेको थियो । स्विडेन पछिल्ला तीन खेलमा समुहचरणबाटै बाहिरिएको छ । पछिल्लो पटक २००४ मा स्विडेन नकआउटचरणसम्म पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *