ऐतिहासिक उचाईमा नेप्से , कारोबार रकम १९ अर्ब नजिक

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार (नेप्से परिसूचक) शेयर बजार नयाँ उचाईमा पुगेको छ ।

आज नेप्से परिसुचक ४२.७२ अंकले बढेर ३०२५.८३ को बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक १०.६० अकंले बढेर ५५०.०१ बिन्दुमा पुगेको छ । यो बिन्दु हालसम्म कै उच्च बिन्दु हो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचकमध्ये, ७ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर घटेको छ ।

यस दिन २२१ कम्पनीको ३ करोड ५० लाख २७ हजारभन्दा बढी कित्ता शेयर खरिद बिक्री हुँदा १८ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

खानी खोला हाइड्रोपावर,नेपाल इन्स्योरेन्स कम्पनी, खानी खोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, र घलेम्दी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *