यूरोकपमा सर्वाधिक युवा र पाका खेलाडी

काठमाडौं । फिफा विश्वकपपछि सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता यूरो २०२० चलिरहेको छ । २४ देशले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको फाइनल ११ जुलाईमा हुनेछ । कोरोनाका कारण २३ बाट बढाएर एक टीममा २६ जना खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ ।

धेरै खेलाडी टीममा रहँदा करिअर सुरु गर्दै गरेका युवा र करिअरको उतरार्धमा पुगेका पाका खेलाडी समावेश भएका टीम र खेलाडीबारे केही जानकारी

स्पेनको टीम सर्वाधिक युवा
तीनपटक युरो च्याम्पियन बनेको स्पेनको टीम यो पटक प्रतियोगिताको सर्वाधिक युवा टीम हो । स्पेनका २६ खेलाडीको औषत उमेर २४.१ वर्ष रहेको छ । बार्सिलोनाका मिडफिल्डर पेड्री (१८) स्पेनका सर्वाधिक युवा खेलाडी हुन् । भने सर्जियो बुस्केट तथा जोर्डी अल्बा स्पेनका सर्वाधिक पाका खेलाडी हुन् । दुवै समान ३२ वर्षका भए ।

स्पेनपछि टर्की सर्वाधिक युवा खेलाडी भएको टीम हो । उसका खेलाडीको औसत उमेर २४.६ वर्ष रहेको छ ।

इंग्ल्यान्ड टीम यो सूचीमा तेस्रो नम्बरमा आउँछ । उसका खेलाडीको ओषत उमेर २४.८ वर्ष छ । १७ वर्षका जुड बेलिंगम टीमका सर्वाधिक कान्छा खेलाडी हुन् । उनी पछिल्लो १४० वर्षमा टीमका लागि पुरै ९० मिनेट खेल्ने युवा खेलाडी पनि बने । सन् १८८१ मा थस्ट्रन रोस्ट्रोन यो उपलब्धि हासिल गरेका थिए ।

सर्वाधिक पाका खेलाडी स्वीडेनमा
युरो २०२० मा सर्वाधिक पाका खेलाडी स्वीडेनको टीममा छन् । स्वीडेनका खेलाडीको औसत उमेर २९.२ वर्ष छ । पाका खेलाडीका हिसाबले दोस्रो स्थानमा बेल्जियम छ । बेल्जियमका खेलाडीको औसत उमेर २८.७ वर्ष रहेको छ ।

बेल्जियम सर्वाधिक अनुभवी टीम
प्रतियोगितामा बेल्जियम प्रतियोगिताकै सर्वाधिक अनुभवी टीमका रुपमा रहेको छ । बेल्जियमका कुल खेलाडीले १३३८ खेल खेलेका छन् । अर्थात् यो टीमले अन्तर्राष्ट्रिय खेलका लागि सर्वाधिक अनुभव बटुलेको छ। बेल्जियमका चार खेलाडीले अहिलेसम्म १०० भन्दा बढी अन्तराष्ट्रिय खेल खेलका छन् । ड्रायस मर्ट्रेसले रसियासँग खेलेसँगै जीवनको ९९ खेल पूरा गरेका छन् ।

मार्टिन सर्वाधिक पाका गोलरक्षक
नेदरल्यान्डका गोलरक्षक मार्टिन स्टेनेलेनबर्ग युरो २०२० मा सर्वाधिक पाका खेलाडीका रुपमा रहेका छन् । उनी ३८ वर्षका छन् । युरोमा सर्वाधिक पाका खेलाडीको कीर्तिमान भने हंगेरीका गैबोर किराललीको नाममा रहेको छ । उनले २०१६ को युरो कपमा ४० वर्षमाथिको उमेरमा प्रतिस्पर्धा गरेका थिए ।

पोल्यान्डका क्यास्पर कोज्लोवस्की सर्वाधिक युवा
पोल्यान्डका क्यास्पर कोज्लोवस्की यो प्रतियोगिताका सर्वाधिक युवा खेलाडी हुन् । उनी १७ वर्षका छन् । उनी १६ अक्टोबरमा २०२१ मा १८ वर्ष पुग्नेछन् । इंग्ल्यान्डका जुड बेलिंगम दोस्रो सर्वाधिक युवा स्टार हुन् । उनी १७ वर्षमा नै रहेका छन् । उनी २९ जुनमा १८ वर्ष पुरा हुने छन् । यसपटक, युरोपियन च्याम्पियनसिपमा इतिहासमै पहिलोपटक कोज्लोवस्की र इग्ल्यान्डका जुड बेलिंगम गरी दुईजना खेलाडीले १८ वर्षभन्दा कम उमेरमा खेलिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *