अन्ततः कृष्ण थापाको सांसद पद खारेज

काठमाडौं । अन्ततः सांसद कृष्ण थापाको पद खारेज भएको छ । राष्ट्रिय जनमोर्चा गण्डकीले दिएको भ्याकेटउपर सोमबार सुनुवाइ गर्दै न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो ।

इजलासले अदालतबाट अन्तरिम आदेश जारी भएपश्चात् परिस्थितिमा परिवर्तन भइ हाल विपक्षी निवेदक थापा गण्डकी प्रदेश सभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद नदेखिएको उल्लेख गरिएको छ । आदेशमा भनिएको छ— ‘यस अवस्थामा विपक्षी निवेदक थापालाई जेठ २३ मा जारी भएको अन्तरिम आदेशको कार्यान्वयमा हाल आवश्यकता र उपयुक्तता रहरहेको नदेखिँदा सो मितिमा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन नगरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(७) बमोजिम खारेज गरिदिएको छ ।’

गत जेठ २३ मा सर्वोच्च अदालतले जनमोर्चाले थापामाथि गरेको कारबाही थमौती गरेर ‘गण्डकी प्रदेश सभा सदस्यको हैसियतमा काम गर्न दिनु’ भनेर अन्तरिम आदेश दिएको थियो । सो आदेशविरुद्ध गण्डकी गण्डकी जनमोर्चाले भ्याकेट दर्ता गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *