सेप्टेम्बरमा ‘आश्रम’को तेस्रो सिजन छायांकन सुरु

एजेन्सी । बोबी देवल अभिनित वेब शृङ्खला ‘आश्रम’को तेस्रो सत्रको सिजनको छायांकन सेप्टेम्बरमा सुरु हुने भएको छ । प्रकाश झाको यस सिरिजमा मुख्य भूमिकामा देखिने दर्शन कुमारले यो जानकारी दिएका हुन् ।

उनले एक अन्तर्वार्ताको क्रममा भनेका छन्, ‘हामी भोपालमा सेप्टेम्बरको पहिलो हप्तादेखि छायांकन सुरु गर्नेछौं । यसभन्दा पहिले हामीले अप्रिल ६ बाट सुरु गर्ने योजना बनाएका थियौँ । तर कोभिडको दोस्रो लहरका कारणले यस्तो हुन सकेन । भोपालमा भएको अनियन्त्रित अवस्थाका कारण अप्रिल ४ मा हामीले छायाङ्कनको योजना रद्द गर्नुपर्‍यो ।’

आश्रमका पहिलो र दोस्रो सिजन गत वर्ष ओटीटी प्लेटफर्म एमएक्स प्लेयरमा प्रसारित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *