छायाँकार राम शङ्कर प्रधानको निधन

काठमाडौं । नेपाली चलचित्र जगतका वरिष्ठ छायाकार राम शङ्कर प्रधानको निधन भएको छ । कलाकर्मी प्रकाश सायमीले प्रधानको निधनको खबर सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।

उनी लेख्छन्, ‘नेपाली सिनेजगतका वरिष्ठ सिनेमाटोग्राफर राम शङ्कर प्रधान रहनु भएन । कम बजेटमा बनेका उत्कृष्ट फिल्मका छायाँकार डिल्लीबजार निवासी प्रधानले ‘सान्नानी , ‘चोट, ‘अरुणिमा, ‘महादेवी’जस्ता फिल्मको सफल छायाङ्कन गरेका थिए । चलचित्र निर्देशक श्याम राई , महेन्द्रभक्त श्रेष्ठ, अरुणकुमार झा, नारायण पुरीसित उहाँले सक्रिय रूपमा काम गर्नुभयो । उहाँको निधनले चलचित्र जगतमा अपूरणीय क्षति भएको छ ।’

उनको छायांकन रहेको अधिकांश चलचित्रमा कमल राईले नृत्य निर्देशन गरेको भन्दै प्रधानलाई श्रद्धाञ्जली दिएका छन् । त्यस्तै उनको निधनमा धेरै चलचित्रकर्मी दुःखी हुँदै आत्माको चीर शान्तिको कामना गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *