मानव सेवा आश्रमलाई शिव परियारको सहयोग

काठमाडौँ । कोभिड-१९ को दोस्रो लहरका कारण नेपालका अधिकांश क्षेत्रमा लकडाउन चलिरहेको छ । लकडाउनका कारण धेरै व्यक्तिले खाना खाना नपाउने अवस्था सिर्जना भएको छ ।

सञ्चालनमा रहेका बाल तथा वृद्धाश्रममा समेत खाना अभाव हुने क्रम बढ्दो छ । सामान्य स्थितिमा जन्मदिन, वैवाहिक वर्षगाँठलगायत मनाउन आउने व्यक्तिका कारण खानलाई समस्या हुँदैनथ्याे । तर विषम परिस्थितिमा भने यस्तो अवस्था रहेन ।

यही विषयलाई ध्यानमा राखेर गायक शिव परियारले एक आश्रमलाई सहयोग गरेका छन् ।  उनले मानव सेवा आश्रममा केही खाद्यान्न सहयोग गरेका हुन् ।  व्यक्तिगत रूपमा गरेको सहयोगको बारेमा उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘कोभिड १९ ले उत्पन्न गराएको हाम्रो देशको हालको विषम परिस्थितिमा आफन्त अनि परिवार विहीन नेपाली नागरिकको दुःखमा मलहम लगाउन मेरो सानो प्रयास स्वरूप मानव सेवा आश्रमका लागि यो राहत हस्तान्तरण गरेको छु । सकेको अवस्थामा सधैँ गर्ने नै छु  ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *