कोलम्बियको विजयी सुरूवात
२०७८ जेठ ३१ गते

काठमाडाैँ । कोपा अमेरिका फुटबलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा इक्वेडरमाथि १-० को जित निकाल्दै कोलम्बियाले विजयी शुरुवात गरेको हो ।
जितसँगै कोलम्बिया समूह ‘बी’ मा तीन अंक जोडेको छ । कोलम्बियाले ४१ औँ मिनेटमा एड्विन कारडोनाले गोल गरे ।
ब्राजिलसँगै समान अंक भए पनि गोल अन्तरका आधारमा कोलम्बिया पछि छ । ब्राजिलले प्रतियोगिताको उद्घाटन खेलमा भेनेजुएलामाथि ३-० को जित निकालेको थियो ।
२०७८ जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








