कोलम्बियको विजयी सुरूवात

काठमाडाैँ । कोपा अमेरिका फुटबलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा इक्वेडरमाथि १-० को जित निकाल्दै कोलम्बियाले विजयी शुरुवात गरेको हो ।

जितसँगै कोलम्बिया समूह ‘बी’ मा तीन अंक जोडेको छ । कोलम्बियाले ४१ औँ मिनेटमा एड्विन कारडोनाले गोल गरे ।

ब्राजिलसँगै समान अंक भए पनि गोल अन्तरका आधारमा कोलम्बिया पछि छ । ब्राजिलले प्रतियोगिताको उद्घाटन खेलमा भेनेजुएलामाथि ३-० को जित निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *